प्राधिकरणले २०६९ मा नौ करोड रुपैयाँ खर्च गरेर हिमाली जिल्ला मनाङको हुम्डे विमानस्थलको रन–वे कालोपत्र गरेको थियो। तर विमानस्थल हाल प्रयोगविहीन भएको छ।
मनाङ– सरकारले नयाँ विमानस्थल निर्माण गर्ने योजना बनाइरहेको छ। तर नेपालमा बनेका कतिपय विमानस्थल सञ्चालनमा आउनै सकेका छैनन्। त्यसतर्फ सरकारको चासो पुग्न सकेको छैन। केहीमा उडान भएर बन्द भएका छन् भने केही निर्माण सम्पन्न भए पनि परीक्षण उडानमै सीमित बनेका छन्।
विभिन्न कारणले लामो समयदेखि बन्द भएका विमानस्थल सञ्चालनमा सरकारले चासो नदेखाउँदा उडानविहीन भएका हुन्। अहिले ती विमानस्थल गौचरणमा परिणत भएका छन्। केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहमा सरकारी पहुँच हुँदासमेत सरकारको करोडौँको लगानी खेर गएको छ। कतिपय विमानस्थलमा परीक्षण उडान हुने गरे पनि नियमित उडान नहुँदा सरकारको करोडौँ लगानी डुबेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एउटा विमानस्थल निर्माण गर्दा हिमाली क्षेत्रमा न्यूनतम ४५ करोड रुपैयाँ, पहाडमा ३५ रुपैयाँ करोड र तराईमा ५० करोड रुपैयाँ खर्च गरिएको छ। विमानस्थलमा कति खर्च हुन्छ भन्ने यकिन छैन। क्षेत्रफल र घनत्वका आधारमा खर्च निर्धारण हुन्छ। प्राधिकरणले २०६९ मा नौ करोड रुपैयाँ खर्च गरेर हिमाली जिल्ला मनाङको हुम्डे विमानस्थलको रन–वे कालोपत्र गरेको थियो। तर विमानस्थल हाल प्रयोगविहीन भएको छ।
कालोपत्र गरेको केही दिनमै परीक्षण उडान भए पनि हालसम्म नियमित उडान भने हुन सकेको छैन। नेपालमा बनेकामध्ये हिमाली जिल्ला मनाङको हुम्डे विमानस्थल पनि एक हो। परीक्षण उडानपछि यस विमानस्थल अहिले पूर्ण रूपमा बन्द छ। ६०० मिटरको धावनमार्ग रहेको हुम्डे विमानस्थल कालोपत्र गरिएसँगै बढाएर ९०० मिटर बनाएको छ।
बरु कालोपत्र हुनुअघि पोखराबाट सातामा दुई दिन नेपाल वायुसेवा निगमले उडान भर्दै आएको थियो। केही वर्ष मात्रै सञ्चालन भएको यस विमानस्थल विसं २०७० बाट पूर्ण रूपमा बन्द भयो। गण्डकी प्रदेश सरकारले पुनः उडान शुरू गर्ने भन्दै परीक्षण उडान गरे तापनि नियमित उडान शुरू हुन सकेको छैन। तीन हजार ३३० मिटर उचाइमा रहेको हुम्डे विमानस्थलमा २०३९ असोजदेखि उडान शुरू गरिएको थियो। सन् १९८१ देखि सञ्चालनमा आएको मनाङको हुम्डे विमानस्थल अहिले प्रयोगविहीन हुँदा स्थानीय तथा पर्यटक मर्कामा परेका छन्।
मनाङ बढी पर्यटकको आवतजावत हुने स्थान भएकाले यहाँको विमानस्थल निरन्तर उडान भर्ने उद्देश्यले विसं २०७६ भदौ २७ देखि पुनः सञ्चालनमा ल्याइयो। गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्रीले यस विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन जमर्को गरे पनि निरन्तरता भने पाउन सकेन। यहाँको विमानस्थल सञ्चालन हुन नसक्दा स्थानीयका साथै पर्यटकले सास्ती भोग्नुपरेको छ।
मनाङ उच्च स्थानमा रहेकाले अक्सिजनको कमीले लेक लाग्ने बिरामी तथा पर्यटकलाई भने समस्या हुने गरेको छ। अचानक बिरामी वा दुर्घटना भएमा यातायातको समस्या रहेको यस स्थानमा हवाई मार्ग मात्रै वैकल्पिक तथा उपचारको पहुँचमा पुग्ने आधार हो। तर लामो समयदेखि यहाँ निर्माण भएको विमानस्थल चल्न नसक्दा भने समस्या रहेको छ।
एक त हिमाली क्षेत्र भएकाले यहाँको हावापानीमा परिवर्तन आइरहने हुन्छ भने निर्माण भएको विमानस्थल नचल्दा स्वास्थ्यको पहुँचमा पुग्न सकस हुने गरेको स्थानीय बताउँछन्। यहाँ गम्भीर चोटपटक वा रोग लागेर अचानक अस्पतालसम्म पुग्नुपर्ने अवस्थामा भने हेलिकप्टर मगाउनुपर्ने अवस्था रहेको होटल व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताए। “यो पनि धनी मानिसका लागि त सही होला। तर, विपन्न वर्गका लागि भने उपचारको पहुँचमा पुग्न सक्ने अवस्था नै छैन। स्थलमार्गबाट जान घण्टौँ लाग्छ। यसले गर्दा बाटोमा नै समस्या रहेको छ। तर बनेको विमानस्थल नचल्दा भने दुःख लाग्छ। यसलाई सरकारले दैनिक निरन्तरता दिन नसके पनि हप्तामा एक वा दुईपटक चलाउने कोशिश गर्नुपर्छ,” उनले भने।
कम उडान हुने गरी सञ्चालनमा ल्याउन सके पनि यहाँका स्थानीयलाई सहज हुने उनको भनाइ छ। मुलुकको हवाई सेवाको पहुँच देशव्यापी भए पनि यसका चुनौती थुप्रै छन्। अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तार भएको छ। प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन। भौगोलिक कठिनाइ, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी बन्न नसकेको प्राधिकरणले बताउँदै आएको छ।
मनाङको एक मात्र हुम्डे विमानस्थल परीक्षण उडानपछि पुनः सञ्चालन हुन सकेको छैन। विमानस्थल निर्माण भएको सात वर्षपछि समिट एयरलाइन्सले विसं २०७६ भदौ २७ गते परीक्षण उडान गरेको थियो। सफल उडान भएपछि खुशी भएका मनाङवासी निरन्तर उडान नहुँदा निराश भएका छन्।
विमानस्थलमा निरन्तर उडान भर्न सक्ने हो भने मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको सहज यात्रा र पर्यटक वृद्धि हुने पर्यटन व्यवसायी गुरुङको भनाइ छ। गण्डकी प्रदेश पर्यटन मन्त्रालयले मुख्य याममा हप्ताको दुई पटक उडान भर्ने बताएको थियो। यो पनि सफल हुन सकेन। मनाङका पर्यटन व्यवसायी भने आसै आसमा निराश बन्न थालेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
