मंगलबार बोटलर्स नेपाल, समाज लघुवित्त वित्तीय संस्था र सुपर माई हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.५६ अंकले घटेर २०७०.५९ को बिन्दुमा कायम भएको छ।
मंगलबार ३०५ कम्पनीका एक करोड २१ लाख ६५ हजार २०२ कित्ता शेयर ८२ हजार ८९९ पटक खरिदबिक्री भएका छन्। त्यसबाट चार अर्ब ६६ करोड ७१ लाख ७९ हजार ३०४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै अधिकांश व्यवस्थालाई यथावत् राखे पनि मंगलबारदेखि लागू हुने गरी स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने र संस्थागत मुद्दती निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा एक प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था ल्याएको थियो। मौद्रिक नीतिको समीक्षाको आंशिक प्रभाव पुँजी बजारमा पनि परेको रूपमा हेरिएको छ।
मंगलबार सबै समूहका उपसूचक घटेका छन्। सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक २.४० प्रतिशतले र वित्त समूहको उपसूचक २.२० प्रतिशतले घटेको छ। बोटलर्स नेपाल (बालाजु) लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.७० प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा मंगलबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३२ करोड ५० लाख ४५ हजार ७२ रुपैयाँ बराबरका चार लाख ७८ हजार ५६० कित्ता शेयर किनबेच भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
