एमाले अध्यक्ष ओलीले पछिल्ला गतिविधिले माओवादी सशस्त्र द्वन्द्व सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै थियो भन्ने स्पष्ट भएको बताए।
काठमाडौँ– नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनयुद्ध’ प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन्। मंगलबार काठमाडौँमा आयोजित मानव अधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
पछिल्ला गतिविधि नियाल्दा माओवादी सशस्त्र द्वन्द्व सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै भएको स्पष्ट हुने उनको भनाइ थियो। “राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा चाहिएको सत्ता रहेछ। जम्माजम्मी सत्ता। सरकार रहेछ, सांसद रहेछ। चाहिएको त प्रधानमन्त्री न रहेछ। अनि त्यत्तिका लागि यत्रो मान्छे मर्नुपर्ने?” उनले भने।
उनले जनताले आवाज राख्न र संगठित हुन पाउने अधिकार त्यतिबेला पनि रहेको भन्दै सशस्त्र द्वन्द्वको औचित्य नरहेको जिकिर गरे। उनले ‘हिंसा’ किन गरिएको थियो भन्ने कुरा हालसम्म पनि पुष्टि गर्न नसकेको पनि बताए। उनले युद्धका पीडितहरूले हालसम्म पनि न्याय नपाउनु दुखद भएको बताए।
अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून १८ वर्षसम्ममा नटुंगिनु विडम्बना भएको बताए। उनले हिंसा मच्चाउनेहरू सरकारमा पुगेर शासक भइसक्दासमेत पीडितलाई पीडामै राख्नु कतिसम्मको न्यायसंगत हो? भन्दै प्रश्न गरे।
उनले कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालप्रति लक्षित गर्दै टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्नेहरू सँगै सरकारमा रहेको बेलामा किन शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउन नसकेको भन्दै प्रश्न गरे।
“टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्नेहरू सँगै सरकारमा छन्, मिलेका छन् त। लडाइँ केका लागि दुई/दुई वर्ष प्रधानमन्त्रीका लागि नै रहेछ,” उनले भने, “हामी संक्रमणकालीन न्यायलाई सकेसम्म छिटो टुंग्याऔँ भनिरहेका छौँ।”
अध्यक्ष ओलीले नेकपा एमालेको नीति राजनीतिक हितहरूका लागि मात्रै रहेको दाबी गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
