कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’

प्रतिनिधिसभा सदस्यसमेत जित हासिल गरेको नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फ पनि १ र २ पनि जित निकालेको छ।

काठमाडौँ- कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले क्लिन स्वीप गरेको छ। प्रतिनिधिसभा सदस्यसमेत जित हासिल गरेको नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फ पनि १ र २ पनि जित निकालेको छ।

प्रतिनिधिसभामा गंगाराम चौधरी निर्वाचित भइसकेका छन् भने प्रदेशसभा १ मा घनश्याम चौधरी निर्वाचित भएका छन्। 

उनले १३ हजार ९२३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका खेमराज डगौरा थारूले ११ हजार ५७२ मत प्राप्त गरेका छन्। यस्तै प्रदेशसभा २ तर्फ खुशीराम डगौरा थारू निर्वाचित भएका छन्। 

उनले ७ हजार ५३९ मत प्राप्त गरेका छन्। भने नेकपा एकीकृत समाजवादी पार्टीका अमरबहादुर साउदले ६ हजार ६१९ मत प्राप्त गरेका छन्।