काठमाडौँ– पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।
पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार बेलुका भएको जिप दुर्घटनामा आठ जनाको मृत्यु भएको हो।
सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप दुर्घटनामा परेको हो।
तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठका अनुसार आठ जनाको घटनास्थलमै मृत्यु भएको हो। जिपमा सवार १७ जनालाई उद्धार गरी उपचारका लागि अस्पतालमा पुर्याइएको छ।
अध्यक्ष श्रेष्ठले घाइतेहरूको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए। “अहिले म लुम्बिनी मेडिकल कलेजमै छु। १७ जना घाइतेलाई उद्धार गरी यहाँ ल्याएइको छ। केहीको अवस्था गम्भीर छ,” उनले भने।
उनका अनुसार जिपमा २५ जना सवार थिए। मृतक र घाइतेको पहिचान खुलिसकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
