यस्तो छ बुधबारको माैसम पूर्वानुमान

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

काठमाडाैँ– बुधबार दिनभर कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया माैसम बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै, देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

राति पनि कोशी र मधेश प्रदेशलगायत  बागमती प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।