दुई देशबीच प्रमुख व्यापार र यातायात मार्गमा फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री मोदीले बुधबार हिन्दू मन्दिरको उद्घाटन गर्ने कार्यक्रम छ।
मध्यपूर्वमा सबैभन्दा ठूलो हिन्दू मन्दिरको उद्घाटन गर्न र लगानी तथा व्यापार सम्बन्ध बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमणमा रहेका छन्। उनी मंगलबार त्यहाँ गएका हुन्।
मोदीको दुई दिवसीय भ्रमणको प्रारम्भमा दुवै सरकारले प्रमुख व्यापार र यातायात मार्गमा फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेका छन्। मोदीको पछिल्लो आठ महिनामा यो तेस्रो यूएई भ्रमण हो। उनको यो भ्रमण अप्रिलमा शुरू हुने भारतको राष्ट्रिय निर्वाचनअघि भएको हो।
राजधानी आबुधाबीमा एउटा सामुदायिक कार्यक्रममा हजारौँ प्रवासीहरूलाई सम्बोधन गरेको एक दिनपछि बुधबार उनले यस क्षेत्रको सबैभन्दा ठूलो हिन्दू मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यूएईमा रहेका भारतीयहरूले विदेशबाट मतदान गर्न नपाउने भए पनि यो भ्रमण मुख्यरूपमा प्रवासी भारतीयहरूलाई प्रेरित गर्नेमा केन्द्रित रहेको विशेषज्ञहरूले बताएका छन्। यूएईमा करिब ३५ लाख भारतीय रहेका छन्। उनीहरू खाडी देशको सबैभन्दा ठूलो आप्रवासी समुदाय हुन्।
भारतीय विदेश मन्त्रालय तथा स्थानीय सरकारी सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री मोदीले मंगलबार यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसँग भेट गरेका थिए। पछिल्लो आठ महिनामा उनको यो पाँचौँ भेट हो। उनीहरूले द्विपक्षीय लगानी सन्धि, २०२२ मा हस्ताक्षर भएको बृहत् आर्थिक साझेदारी सम्झौतामा निर्माणलगायत धेरै सम्झौतामा हस्ताक्षर गरेको भारतको विदेश मन्त्रालयले जनाएको छ।
उनीहरूले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोरमा ‘अन्तरसरकारी ढाँचा सम्झौता’ मा पनि हस्ताक्षर गरेका छन्। यो एक जहाजदेखि रेल ट्रान्जिट नेटवर्क हो र यो विद्यमान सामुद्रिक र स्थल मार्गमा पूरक हुनेछ।
सेप्टेम्बरमा नयाँदिल्लीमा जी२० शिखर सम्मेलनका अवसरमा पहिलोपटक आधुनिक स्पाइस रुटको महत्त्वाकांक्षी योजनाको घोषणापछि आएको सम्झौताका बारेमा मन्त्रालयले विस्तृत जानकारी दिएको छैन।
तीन दशकमा कुनै पनि भारतीय प्रधानमन्त्रीको पहिलो भ्रमणका रूपमा मोदीले सन् २०१५ मा यूएईको ऐतिहासिक भ्रमण गरेपछि सम्बन्ध बिस्तारै गहिरो हुँदै गएको छ। सन् २०२२ र सन् २०२३ को बीच करिब ८५ अर्ब डलरको द्विपक्षीय व्यापारका साथ यूएई भारतको तेस्रो सबैभन्दा ठूलो व्यापारिक साझेदार हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
