घरमा बिरालो र कुकुरहरूको हेरचाह र ध्यानबाट उत्पन्न हुने द्वन्द्वका कारण सम्बन्ध विच्छेद हुने गरेको छ।
कुकुर बिरालोका कारण घरका सदस्यबीच कहिलेकाहीँ सामान्य द्वन्द्व त हुने गर्छ। तर त्यसैले सम्बन्ध विच्छेदकै रूप लिएको कतै देख्नुभएको छ?
खाडी देश कुवेतमा पछिल्लो समय यस्ता घटना बढीरहेका छन्। कुवेतमा वैवाहिक कलह तथा सम्बन्ध विच्छेदमा उल्लेखनीय वृद्धि भएको र त्यसका अनेक कारणमध्ये एक कुकुर–बिरालोका लागि हुने झगडा हुने गरेको गल्फ न्युजले जनाएको छ।
त्यहाँ घरपालुवा जनावर अर्थात् ‘पेट’हरूको विषयलाई लिएर हुने विवादले सम्बन्ध विच्छेदको रूप लिने गरेको छ। २०२३ मा मात्रै, कुवेती दम्पतीहरूबीचको सम्बन्धविच्छेदका ४० घटनाहरू बिरालो र कुकुरसँग जोडिएका छन्। घरमा बिरालो र कुकुरहरूको हेरचाह र ध्यानबाट उत्पन्न हुने द्वन्द्वका कारण सम्बन्ध विच्छेद हुने गरेको छ।
दम्पतीबीच एउटाले घरपालुवा जनावरहरूलाई गहिरो स्नेह र अत्यधिक ध्यान दिने कुराले अर्कामा उपेक्षा र असन्तुष्टिको भावना जगाउन सक्ने तथा समान हेरचाह र ध्यानको लागि माग बढ्दै जाँदा पनि त्यसले द्वन्द्वको रुप लिने यस विषयका जानकार बताउँछन्।
गल्फ न्युजले लेखेअनुसार सम्बन्ध विच्छेदका लागि अदालतमा भेटिएका एक जनाले आफ्नी श्रीमतीले कुकुरको लागि व्यापक हेरचाह गरेकोमा दुःख पोखेका छन्। उनकी श्रीमती आफ्नो कुकुरलाई दैनिक चार पटक खाना खुवाउने, राम्ररी सरसफाइ गर्ने र मनोरञ्जन तथा मनोवैज्ञानिक रूपमा समृद्ध बनाउन अनेक गतिविधिहरूमा संलग्न भइरहने गरेकी थिइन्।
त्यसैको झोकमा ती पुरुष अदालत पुगे। यस्तै, महिलाहरू पनि आफ्नो श्रीमान्को कुकुर बिरालाप्रतिको लगावका कारण वाक्क भएर अदालत पुग्ने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
