आन्दोलन उग्र बनेपछि इरान सरकारले मुलुकभर इन्टरनेट सेवा ठप्प पारेको छ। यता अमेरिकाले भने इरानी जनतालाई अँध्यारोमा नराख्ने भन्दै इन्टरनेटको सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
एक साताअघि प्रहरी हिरासतमा ज्यान गुमाएकी २२ वर्षीया महसा आमिनीको मृत्युको विरोधमा चर्किएको आन्दोलन हिसांत्मक बन्दै गएको छ। मुस्लिम महिलाहरूले कपाल ढाक्न प्रयोग गर्ने लुगा अर्थात हिजाब राम्रोसँग नलगाएको भन्दै त्यहाँको नैतिक प्रहरीले आमिनीलाई पक्राउ गरेको थियो। नैतिक प्रहरी भनेर नाम दिइएको सो समूहले महिलाहरूको पहिरन र आचरणको निगरानी गर्ने गर्छ। तर पक्राउ परेको केहिदिनमै आमिनीको मृत्यु भएको थियो। प्रहरीको कूटपिटबाट उनको मृत्यु भएको भन्दै विरोध भइरहेको हो।
राजधानी तेहरानसहित इरानका ४० भन्दा बढी शहरमा चर्किएको आन्दोलन विश्वका थुप्रै शहरमासमेत फैलिएको छ। इरानका राष्ट्रपति इब्राहिम रइसीले आन्दोलन रोक्न थप दमन गर्ने र कारबाहीको चेतावनी दिएपछि आन्दोलन थप हिंसात्मक बनेको हो। राष्ट्रपति रइसीले मुलुकको शान्ति र सुरक्षामा असर पुर्याउनेहरूसँग निर्णायक सम्झौता गर्नुपर्ने भन्दै थप दमन गर्ने चेतावनी दिएका हुन्।
नारी, जीवन, स्वतन्त्रताः समानता र धार्मिक कट्टरताविरूद्धको अडान भन्ने मूल नारासहित आन्दोलनकारी सडकमा उत्रिएका छन्। महिला आन्दोलनमा पुरूषहरूकोसमेत उत्साहजनक उपस्थिति र समर्थनले इरानी समाज थप प्रगतिशील बाटोतर्फ अघि बढेको बुझ्न सकिन्छ। पुराना आन्दोलनहरूको तुलनामा अहिलेको आन्दोलन भिन्न र समावेशी रहेको बताइएको छ। महसा आमिनीको मृत्युले सरकारको कट्टर समर्थकहरूलाई सोच्न बाध्य बनाएको छ।
एक सातायता जारी आन्दोलन थप उग्र बन्दै गएपछि इरान सरकारले इन्टरनेट सेवासमेत कटौती गरेको छ। यता, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने इरानी जनतालाई अँध्यारोमा नराख्ने भन्दै इन्टरनेटको सुविधा उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे।
सरकारको हस्तक्षेपपछि उग्र बनेका प्रदर्शनकारीमाथि प्रहरीले पानीका फोहरा, अश्रूग्यास र गोली प्रहार गरेको छ। प्रहरीले चलाएको गोली लागि ३५ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
मानवअधिकारवादी अन्तर्राष्ट्रिय संस्था एम्नेष्टि इन्टरनेशनलले इरानमा आन्दोलनका क्रममा प्रहरीले नागरिकमाथि गैरकानूनी रूपमा गोली प्रहार गर्दाका निकै भयावह र विचलित पार्ने खालका प्रमाणहरू आफले फेला पारेको चेतावनी दिएको छ। प्रहरीको गोली लागि बुधबार एकैदिन ३ बालबालिकासहित १९ जनाले ज्यान गुमाएको एम्नेष्टिले जनाएको छ। पत्रकार, अधिकारवादी र आन्दोलनकारी गरि १२ सय भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।
महिलाले लगाउने लुगामाथि प्रतिबन्ध लगाउन नहुने भन्दै हजारौँ इरानी नागरिक सडकमा उत्रिएका छन्। सरकारी दमन र खस्किएको अर्थतन्त्रले आजित इरानी नागरिकहरूले नयाँ निकास खोज्न पनि आन्दोलनमा सहभागी भएकोजस्तो देखिन्छ। महिलामाथिको ज्यादती र कट्टर कानूनको विरोधमा जनसागर उर्लिएपछि थप दमनको संभावना बढेको छ। महिलाका अधिकारप्रति अनुदार इरान सरकारले आन्दोलनलाई दबाउने प्रपञ्च रचिरहेकाले आन्दोलन थप चर्किने अनुमान गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
