बुधबार तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ। बुधबार नेप्से परिसूचक ५.९१ अंकले बढेर २०७६.५० विन्दुमा कायम भएको हो।
बुधबार शेयर बजारमा चार अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ बराबरको कारोबार भएको छ। ३०२ कम्पनीको एक करोड २३ लाख ६३ हजार २७ कित्ता शेयर ७४ हजार ६७५ पटक खरिदबिक्री भएको हो।
बैंकिङ समूहको उपसूचक ०.१८, होटल तथा पर्यटन समूहको उपसूचक ०.१४, जलविद्युत् समूह ०.१३, लगानी समूह ०.२१, जीवन बीमा समूह ०.२७ र लगानी समूह ०.३७ प्रतिशतले घटेको छ।
सबैभन्दा धेरै वित्त समूह ६.५६ प्रतिशतले र विकास बैंक समूह २.३८ प्रतिशतले बढेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन ०.१०, लघुवित्त ०.३४, म्युचुअल फन्ड ०.३४, निर्जीवन बीमा समूह ०.४० र अन्य समूहको उपसूचक १.०७ प्रतिशतले बढेको छ।
तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्स लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड र पाँचथर पावर कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो। सबैभन्दा धेरै गुमाउनेमा भने पिपुल्स पावर लिमिटेडको शेयर मूल्य ५.८१ प्रतिशतले घटेको छ।
कारोबार भएका शेयर संख्याका आधारमा बुधबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १७ करोड १७ लाख ६४ हजार ८८० बराबरको शेयर कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने प्राइम कमर्सियल बैंक प्रमोटर शेयर आठ लाख आठ हजार ५२० बराबरको कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
