अदालतले युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (यूएसएमएलई)लाई फेब्रुअरी १८ भित्र बयानका लागि उपस्थित हुन आदेश दिएको हो।
काठमाडौँ– नेपाली चिकित्सक परीक्षार्थीहरूमाथि अमेरिकाको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (यूएसएमएलई)ले गरेको निर्णयविरुद्धमा वासिङ्टन डिसीस्थित संघीय अदालतले प्रश्न उठाउँदै बयानका लागि बोलाएको छ।अदालतले सो संस्थालाई फेब्रुअरी १८ भित्र बयानका लागि उपस्थित हुन आदेश दिएको हो।
नेपाली चिकित्सक विद्यार्थीहरूका तर्फबाट नेपाली चिकित्सक परीक्षार्थीहरूको एक समूहले दायर गरेको मुद्दामा न्यायाधीश रुडोल्फ कोन्त्रेरसले सोमबार सो आदेश जारी गरेको अमेरिकास्थित एक चिकित्सकले जानकारी दिएका छन्।
अमेरिकामा ‘रेजिडेन्सी डाक्टर’ बनेर काम गर्दै पढ्न आएका नेपाली डाक्टरहरूको नेपालको परीक्षा र नतिजाबारेमा सो संस्थाले प्रश्न उठाउँदै उनीहरूलाई अयोग्य भएको निर्णयसमेत गरेको थियो। सो निर्णयबाट अमेरिकामा सन् २०२२ यता काम गर्दै र पढ्दै गरेका चिकित्सकहरूसमेत प्रभावित भएका थिए। यो निर्णयविरुद्ध उनीहरूले उक्त अदालतमा मुद्दा दायर गरेका थिए।
अदालतको यस आदेशले उनीहरूलाई केही राहत दिएको छ। अमेरिकाको ‘नेसनल बोर्ड अफ मेडिकल लाइसेन्सिङ’लाई अदालतले नेपाली चिकित्सक परीक्षार्थीहरूलाई सो संस्थाले दिएको अन्तिम म्यादसमेत स्थगित गर्न आदेश जारी गरेको छ।
यूएसएमएलई चिकित्सा शिक्षाको थप अध्ययनका लागि प्रवेश परीक्षा लिने चिकित्सा शिक्षा आयोगजस्तै नियामक निकाय हो। सो संस्थाले नेपालको मेडिकल परीक्षा प्रणालीप्रति प्रश्न उठाउँदै सो परीक्षा र त्यसबाट प्राप्त भएको नतिजालाई अमेरिकाले स्वीकार नगर्ने नीति जारी गरेको थियो।
यो निर्णयले हाल अमेरिकामा अभ्यासमा रहेका, सन् २०२२ यता अमेरिका आएर ‘रेजिडेन्सी’ गरेका र एमडी गरिरहेका नेपाली डाक्टरहरूलाई प्रभावित पारेको थियो। उनीहरूको योग्यतामा प्रश्न उठ्दा यहाँ कार्यरत कामसमेत छोड्नुपर्ने र अमेरिकामा वैधानिक रूपमा भइरहेको बसोबाससमेत छोडेर फर्किनुपर्ने बाध्यकारी अवस्था आएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
