चितवनको भरतपुर अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्या २० प्रतिशतले बढेको छ। अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. प्रमोद पौडेलले मौसम परिवर्तन भएसँगै इन्फ्लुएन्जाका बिरामीको संख्या बढेको बताए।
चितवन– विगत केही दिनदेखि चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या २० प्रतिशतले बढेको छ। मौसमी ‘फ्लु’का कारण बिरामीको संख्या बढ्दै गएको हो। अस्पतालका चिकित्सकका अनुसार पछिल्लो समय बहिरंग विभागमा रुघा, खोकी, ज्वरो भएर आउने बिरामीको संख्या बढ्दै गएको हो।
अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. प्रमोद पौडेलका अनुसार मौसममा आएको परिवर्तनसँगै भाइरसका कारण लाग्ने इन्फ्लुएन्जाका बिरामीको संख्या बढेको हो। अहिले दैनिक तीनदेखि ४०० हाराहारी बिरामीलाई हेर्दा त्यसको २० प्रतिशतमा भाइरलको समस्या देखिएको हो।
विगत महिनाको तुलनामा अहिले फ्लुका बिरामीको संख्या बढिरहेको उनले बताए। फ्लु लागेका बिरामीमा रुघा लाग्ने, टाउको दुख्ने, शरीर दुख्ने खोकी लाग्ने लगायतका लक्षण देखिने उनको भनाइ छ। फ्लुको शंका लागे रगत परीक्षण गरेर प्रमाणित गर्ने गरिएको उनले जनाए।
“र्यापिट परीक्षण यहीबाट हुने भए पनि अन्य परीक्षण भने राष्ट्रिय प्रयोगशाला पठाउने गरिएको छ,” उनले भने। मानव शरीरमा इन्फ्लुएन्जा ‘ए’ र ‘बी’ हुने गरेको भन्दै उनले अहिले अत्यधिक मात्रामा इन्फ्लुएन्जा ‘ए’ बढी देखिएको बताए। यो भाइरसका कारण हुने भएकाले आराम गर्ने, पानी धेरै खाने, सामान्य सिटामोलको प्रयोग गर्नुपर्ने उनको भनाइ छ।
पाँच वर्षभन्दा मुनिका बच्चा र ६० वर्षभन्दा माथिका वृद्धवृद्धामा बढी यो समस्या देखिने उनले जानकारी दिए। “मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या भएका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, मिर्गाैला प्रत्यारोपण गरेका बिरामीलाई निमोनिया बनाउने, श्वासप्रश्वासमा समस्या बनाउने जस्ता लक्षण देखिने हुन्छ,” उनी भन्छन्, “त्यस्तो अवस्थामा बिरामीलाई भर्ना गरेर औषधि दिनुपर्ने हुनसक्छ ।”
तातोपानी, झोलिलो पदार्थ प्रशस्त सेवन गर्ने, आराम गर्ने, चिसोबाट बच्ने, पौष्टिक तत्त्व सेवन गर्ने लगायतका उपाय अपनाएमा इन्फ्लुएन्जाबाट बच्न सकिने डा. पौडेलले बताए। सावधानीका लागि सामाजिक दूरी कायम गर्न सके उत्तम हुने उनको भनाइ छ। गत वर्षको तुलनामा यस वर्ष इन्फ्लुएन्जाका बिरामीको संख्या बढेको हुँदा सावधानी अपनाउन उनको सुझाव छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
