क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाली ‘ए’ टिमको घोषणा गरेको छ।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाली ‘ए’ टिमको घोषणा गरेको छ।
टोली घोषणाअघि क्यानले नेपाली ‘ए’ टिमका लागि सम्भावित खेलाडीको सूचीमा ३६ जनाको नाम सार्वजनिक गरेको थियो। लगत्तै त्यसमध्येबाट छानेर क्यानले १६ जनाको टोली घोषणा गरेको हो।
टोलीमा विनोदबाहेक आशुतोष घिरैया, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मयन यादव छन्।
यस्तै, प्रतिश जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, साहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया पनि टोलीमा समेटिएका छन्।
क्यानले नेपाली ‘ए’ टोलीको प्रशिक्षकको जिम्मेवारी नेपाली टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कलाम अलिलाई दिएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
