गाजामा बन्धक बनाइएका करिब १०० परिवारका प्रतिनिधि हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतमा ‘मानवताविरुद्धको अपराध’को मुद्दा दायर गर्न हेग पुगेका छन्।
गाजामा बन्धक बनाइएका करिब १०० परिवारका प्रतिनिधि हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतमा ‘मानवताविरुद्धको अपराध’को मुद्दा दायर गर्न हेग पुगेका छन्।
इजरायली अधिकारीहरूका अनुसार हमासको नेतृत्वमा प्यालेस्टिनी लडाकुहरूले अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्दा करिब २५० जना अपहरणमा परेका थिए। जसमध्ये करिब १३० जना अझै गाजामा बन्धक छन्। तीमध्ये २९ जनाको मृत्यु भएको अनुमान गरिएको छ।
“यो हाम्रो कथा मात्र होइन। यदि हामीले यसलाई रोकेनौँ भने भोलि यो सारा विश्वको कथा हुनेछ,” गाजामा बन्धक बनाइएका मध्येका एक व्यक्तिका आफन्त ओफ्री बिबासले भने।
“सम्पूर्ण मानवजातिले एक विश्वव्यापी ‘आतंकवादी सेना’विरुद्ध एकसाथ उभिनुपर्छ, यसमा हमास उसको अभियानको एक इकाई मात्र हो,” हेगको लागि उडान भर्नुभन्दा केही मिनेट अघि उनले भने।
‘होस्टेज एन्ड मिसिङ फ्यामिलीज फोरम’का हेम रुबिनस्टाइनले अभियान समूहले हमासका नेताविरुद्ध आईसीसीमा मुद्दा दायर गर्ने बताए। रुबिनस्टाइनले तेल अभिभनजिकै बेन गुरियन विमानस्थलबाट टेलिभिजनमा प्रसारण गरिएको भिडियो सन्देशमा भने, “हामी बन्धकका परिवार हौँ र हामी भयानक नारकीय अवस्थाबाट गुज्रेका छौँ र अझै पनि गुज्रिरहनुपर्ने बाध्यता देखिएको छ।”
“हामी हमासका सदस्य र तिनका सहयोगीहरूविरुद्ध मुद्दा दायर गर्नेछौँ र उनीहरूले मानवताविरुद्धको अपराधका लागि सबैभन्दा ठूलो मूल्य चुकाउनु पर्ने सुनिश्चित गर्नेछौँ” उनले भने।
इजरायलको आधिकारिक तथ्यांकका आधारमा एएफपीले सार्वजनिक गरेको विवरणअनुसार अक्टोबर ७ मा भएको हमासको आक्रमणका कारण इजरायलमा करिब एक हजार १६० जनाको मृत्यु भएको थियो।
इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलमा भएको आक्रमणमा परी कम्तीमा २८ हजार ४७३ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश महिला र बालबालिका रहेका छन्।बन्धक बनाइएका परिवारले इजरायली अधिकारीहरूलाई बाँकी बन्धकहरूको रिहाइका लागि दबाब दिइरहेका छन्।
इजरायलका गुप्तचर प्रमुख डेभिड बार्नेयाले मंगलबार इजिप्टको राजधानीमा सीआइएका निर्देशक विलियम बर्न्सलाई भेटेर गाजामा युद्ध रोक्ने कतारी मध्यस्थताको योजनाबारे छलफल गरेका थिए।
कतारका प्रधानमन्त्री र इजिप्टका अधिकारीसमेत सम्मिलित उक्त वार्ता इजरायलले दक्षिणी शहर रफाहमा स्थलगत आक्रमण गर्नुअघि युद्धविरामका लागि तीव्र प्रयासको एक भाग हो। यस क्षेत्रको आधाभन्दा बढी जनसंख्या पलायन भएको छ।
नरसंहार, युद्ध अपराध र मानवताविरुद्धको अपराधजस्ता गम्भीर अपराधको अनुसन्धानका लागि आईसीसी विश्वको एक मात्र स्वतन्त्र अदालत हो।
अदालतका मुख्य अभियोजक करिम खानले सोमबार गाजामा रहेका सबै बन्धकहरूलाई रिहा गर्न आह्वान गर्दै रफाहमा इजरायलको सम्भावित आक्रमणबारे चिन्ता व्यक्त गरेका थिए। खानले एक्स (ट्वीटर)मा भनेका छन्, “गाजामा भएका घटनाहरूको बारेमा आफ्नो कार्यालयको अनुसन्धानलाई ‘अति तात्कालिकताको रूपमा अगाडि बढाइएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
