कोशी प्रदेशको पहाडी भेगमा हल्का वर्षाको सम्भावना

बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगको माैसममा आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडाैँ– कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा बिहीबार मौसम मुख्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोशी प्रदेशका केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ। त्यहाँको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय‍ तथा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका अनुसार राति पनि कोशी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा नै रहने छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ।