यो वर्षको अन्तर्दृष्टि पुरस्कार तीन जनालाई फरक–फरक विधामा वितरण गरिएको छ।
काठमाडाैँ– यो वर्षको अन्तर्दृष्टि पुरस्कार तीन जनालाई फरक–फरक विधामा वितरण गरिएको छ। किशोरकुमार श्रेष्ठलाई अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार, विद्यार्थी समिर गुरुङलाई अन्तर्दृष्टि हातेमालो पुरस्कार र सञ्चारकर्मी अच्युत घिमिरेलाई अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।
बुधबार वसन्तपञ्चमीको अवसरमा गोरखाको अमरज्योति जनता माध्यामिक विद्यालय परिसरमा आयोजित कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको अन्तर्दृष्टि पुरस्कार समितिका संरक्षक डा कमल लामिछानेले बताए। शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपांगताप्रतिको दृष्टिकोण लगायतलाई आधार मानी दृष्टिविहीन विद्यार्थीले छनोट गरेअनुसार गण्डकी प्रदेशस्थित गोरखाको अमरज्योति जनता माध्यमिक विद्यालयका शिक्षक श्रेष्ठलाई अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार प्रदान गरिएको हो। यसैगरी अपांगता भएका विद्यार्थीका लागि सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदान आदिलाई आधार मानी छनोट गरेअनुसार सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी समिर गुरुङलाई अन्तर्दृष्टि हातेमालो पुरस्कार प्रदान गरिएको हो।
साथै पत्रकारिताका माध्यमबाट अपांगता भएका व्यक्तिप्रति सकारात्मक दृष्टिकोणसहित उनीहरूका लागि अवसरको पहिचान गर्नमा सघाएको भन्दै सञ्चारकर्मी अच्युत घिमिरेलाई अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिएको पुरस्कार समितिले जनाएको छ।
अन्तरर्दृष्टि पुरस्कार समितिका सदस्य सरिता लामिछानेले सञ्चालन गरेको कार्यक्रममा पुरस्कृत शिक्षक श्रेष्ठले यस पुरस्कारले आफूलाई दृष्टिविहीन विद्यार्थीको शैक्षिक विकासमा अझ बढी मिहिनेतसाथ लाग्न थप जिम्मेवारी बोध गराएको बताए।
पत्रकार अच्युत घिमिरेले आफ्ना जीवनमा अनेकौँ पुरस्कार प्राप्त गरेको भए पनि समाज रुपान्तरण होस् भन्ने अभिप्रायले स्थापित अन्तर्दृष्टि पुरस्कारबाट पुरस्कृत हुन पाउँदा गौरवान्वित महसुस भएको र आगामी दिनमा पत्रकारिताको मध्यमबाट आफूले गर्ने हरेक क्रियाकलापमा अपांगतालाई समेट्ने प्रतिबद्धता व्यक्त गरे।
प्रमाणपत्रसहित अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार राशि २० हजार, अन्तर्दृष्टि हातेमालो पुरस्कार १० हजार तथा अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ।
अपांगताप्रति समाजमा विद्यमान नकारात्मक, विभेदपूर्ण र पूर्वाग्रही धारणा र सोचमा परिवर्तन ल्याई समता, सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान र पहिचान स्वीकार गर्दै सँगसँगै हिँड्न सकियोस् भन्ने हेतुले डा कमल लामिछानेद्वारा २०७७ सालमा स्थापना गरिएको हो। हरेक वर्ष वसन्तपञ्चमीका दिन यो पुरस्कार प्रदान गरिँदै आएको समितिले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
