नेपालले लिग२ शृंखला हारबाट शुरूआत गरेको छ। नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
काठमाडौँ– घरेलु टोली नेपालले सन् २०२७ को आईसीसी एक दिवसीय विश्वकप छनोटको चक्रका रूपमा रहेको लिग२ शृंखला हारबाट शुरू गरेको छ। बिहीबार नामिबियासँगको पहिलो शृंखलामा नेपाल ४ विकेटले पराजित भएको हो।
सन् २०१९ देखि २०२३ सम्म चलेको पछिल्लो लिग२ चक्रका अन्तिम ६ खेलमा नेपालले सानदार लय समात्दै जित हासिल गरेको थियो। तर, सातौँ खेलमा आएर नामिबियाले नेपालको उत्कृष्ट लयमा ब्रेक लगाइदिएको हो। अन्तिम पटक नेपाल २०२३ मार्च २ मा घरेलु टोली यूएईसँग ६८ रनले पराजित भएको थियो। त्यसपछि नेपालले लिग२ मा ६ खेलसम्म पराजय बेहोर्न परेको थिएन।
नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। नामिबियाका जना फ्राइलिंकले सर्वाधिक ३४ रन बनाए। यस्तै, जान निकोलले ३१ रन बनाए। जोहानेस जोनाथन स्मिथ १७ र रुबेन ट्रम्पलम्यान १ रनमा अविजित रहे।

छैटौँ ओभरको तेस्रो बलमा निकोलस डाविन सर्ट मिडअफमा ११ रनमा कुशल भुर्तेलबाट क्याच आउट भए। १९ बलमा २ चौका प्रहार गरेका उनी ललितनारायण राजवंशीको बलमा आउट भएका हुन्। १४औँ ओभरको पहिलो बलमा ओपनर मिचेल भान लिंगेन ३३ बलमा ३ चौका प्रहार गर्दै २३ रनमा आउट भए। उनी ललितको बलमा डीप कभरमा अनिल साहबाट क्याच आउट भए।
२१औँ ओभरको तेस्रो बलमा कप्तान ग्रेहार्ड इरास्मस ८ रनमा क्याच आउट भए। सोही ओभरको अन्तिम बलमा जान फ्राइलिंक ५३ बलमा ४ चौका प्रहार गर्दै ३४ रन बनाएर स्लिपमा क्याच आउट भए। २५औँ ओभरको पहिलो बलमा २ रन बनाएका जाने ग्रिन सोमपालको बलमा विकेटकिपर आशिफ शेखबाट ‘कट बिहान्ड’ भएका थिए।

छैटौँ विकेटका लागि स्मिथ र जान निकोलले ४० रनको साझेदारी गरे। तर, ३३औँ ओभरको चौथो बलमा जान रोहितकुमार पौडेलको बलमा एलबीडब्यू आउट भए।
उनले ३० बलमा ५ चौका प्रहार गरे।
नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। उनले ७ ओभर बलिङ गर्दै १ मेडनसहित ३२ रन खर्चिए। ललितनारायण राजवंशीले २ विकेट लिँदा १ विकेट रोहितकुमार पौडेलको नाममा रह्यो।
नेपालको १३२ रन
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन बनायो। नेपालका भीम सार्कीले सर्वाधिक ४४ रन बनाए। ८६ बलमा २ चौका र १ छक्का प्रहार गरेका उनी ४४ रनमा एलबीडब्यू आउट भए। उनी २८औँ ओभरको चौथो बलमा ग्रेहार्ड इरास्मसको बलमा आउट भएका हुन्।

९.३ ओभरमा नेपाल ४-२१ स्थितिमा रहेको थियो। तर, पाँचौँ विकेटका लागि भीम र कुशल मल्लले ४६ रनको साझेदारी गरे। कुशल २०औँ ओभरको पाँचौँ बलमा टाँगेनी लुङ्गामेनीबाट स्क्वयर लेगमा क्याच आउट भए।
इरास्मसको बलमा आउट हुनुअघि कुशलले २२ बलमा १ चौका र १ छक्कासहित १५ रन बनाए। लगत्तै सातौँ नम्बरमा आएका सोमपाल कामी पनि २ रनमा पेभिलियन फर्किए। गुल्शन झा २१, करण केसी १६ र पवन सर्राफ १२ रनमा आउट हुँदा ११ बल खेलेका ललितनरायण राजवंशीले खाता खोल्न सकेनन्। नेपालका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपालको खराब शुरूआत
पहिलो पावरप्लेमा २५ रन बनाउन नेपालले ४ विकेट गुमाएको थियो। पहिलो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल क्याच आउट भए। रुबेन ट्रम्पलम्यानको बलमा उनी स्लिपमा जोहानेस जोनाथन स्मिथबाट क्याच आउट भए।
तेस्रो ओभरको पहिलो बलमा अनिल साह पनि रुबेनको बलमा एलबीडब्यू आउट भए। उनले ६ बलमा २ चौकासहित ८ रन बनाए।

चौथो ओभरको पाँचौँ बलमा अर्का ओपनर आशिफ शेख सिल्ली मिडअनमा स्मिथबाट क्याच आउट भए। ११ बलमा १ चौकासहित ४ रनमा बनाएका उनी ज्याक ब्रासेलको बलमा आउट भएका हुन्।
१०औँ ओभरको तेस्रो बलमा कप्तान रोहितकुमार पौडेल ब्रासेलबाट बोल्ड भए।
ग्रेहार्ड इरास्मसले सर्वाधिक ५ विकेट लिए। उनले ८.१ ओभरमा २८ रन खर्चिए। रुबेन ट्रम्पलम्यान र ज्याक ब्रासेलले २/२ विकेट लिए। जान निकोलको नाममा १ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
