दोहोरो अंकले घट्यो शेयर बजार, ३ अर्ब ८६ करोडको कारोबार

नेप्से परिसूचक १४.४६ अंकले ओरालो लागेर २०६२.०३ को विन्दुमा सीमित भएको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.४६ अंकले ओरालो लागेर २०६२.०३ को विन्दुमा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७१ अंकले ओरालो लागेर ३६८.५६ को विन्दुमा सीमित भएको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको शेयर मूल्य उकालो लागेको छ।

कुल एक करोड १४ लाख सात हजार २६४ कित्ता शेयर तीन अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ मूल्यमा खरिदबिक्री भयो। कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा छ। यो कम्पनीको २२ करोड ८५ लाख ७६ हजार २६७ रुपैयाँ बराबरको शेयर कारोबार भयो।

सगरमाथा जलविद्युत् कम्पनी ११ करोड ५९ लाख ६५ हजार ६२१, जोशी हाइड्रोपावर १० करोड ७५ लाख ५८ हजार २८३, एनआईसी एशिया बैंक आठ करोड ७० लाख २३ हजार १८० र हिमालयन ऊर्जा विकास कम्पनी आठ करोड ५७ लाख ५१ हजार ९४५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। छ्याङदी हाइड्रोपावर ८.०१, जोशी हाइड्रोपावर ७.४७ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले ५.३४ प्रतिशतले कमाएका छन्। 

त्यस्तै, मैलुङ खोला जलविद्युत् कम्पनी पाँच दशमलव ७०, प्रोगेसिभ फाइनान्स ५.५८, माहुली लघुवित्त ५.४२, रिभर फल्स पावर ५.१५ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ४.९३ प्रतिशतले गुमाएका छन्।