स्वास्थ्यमन्त्री बस्नेतले वीर अस्पतालको स्टोरमा औषधि लुकाएर बिरामीलाई बाहिरको फार्मेसीमा किन्न लगाउने गरेको पाइएको बताए।
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मोहनबहादुर बस्नेतले वीर अस्पतालबाहिर सञ्चालित दुई वटा औषधि पसल बन्द गर्न निर्देशन दिएका छन्।
स्वास्थ्य मन्त्रालय तथा औषधि विभागको संयोजकत्वमा बिहीबार गरिएको निरीक्षणका क्रममा सत्यम् फर्मा र उपकार सेवा फर्माले म्याद गुज्रेका र दर्ता नभएका औषधि बिक्री वितरण गरेको भेटिएपछि मन्त्री बस्नेतले बन्द गर्न निर्देशन दिएका हुन्।
“वीर अस्पतालबाहिर रहेको फार्मेसीले म्याद गुज्रेका औषधि बेचेको भेट्यौँ। त्यस्तै, औषधि महँगोमा बेचेको पाइयो। औषधिलाई राम्रोसँग स्टोर गर्नुपर्नेमा बाहिरै त्रिपालले छोपेर राखेको पाइएपछि यी फार्मेसी पसललाई बन्द गर्ने निर्णय गरी कानूनी कारबाहीका लागि अगाडि बढ्नेछौँ,” उनले भने।
मन्त्री बस्नेतले वीर अस्पतालको स्टोरमा औषधि लुकाएर बिरामीलाई बाहिरको फार्मेसीमा किन्न लगाउने गरेको पाइएको बताए। “अस्पतालको स्टोरमा औषधि राख्ने तर फार्मेसीमा औषधि छैन भनेर बिरामीलाई बाहिरबाट औषधि किन्न लगाउने गरेको भेटिएको छ। यो झन् ठूलो समस्या देखिएको छ,” उनले भने।
मन्त्री बस्नेतले अस्पतालको पार्किङ क्षेत्रमा रहेको ठाउँमा टहरो बनाएर फार्मेसी सञ्चालन गर्नेबारे अस्पतालको व्यवस्थापनसँग छलफल भइरहेको जानकारी दिए। “शल्यक्रियाका लागि आवश्यक औषधि र महँगा औषधि अस्पतालको फार्मेसीमै पाउने व्यवस्था गर्नका लागि पार्किङमा फार्मेसी निर्माण गर्न छलफल भइरहेको छ,” उनले भने।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले निरीक्षणका क्रममा ‘फ्रिज’मा राख्नुपर्ने औषधिलाई बाहिर खुला राखिएको भेटिएको बताए। स्वास्थ्य विभागले नियमन गरिआएका औषधि प्रशस्त मात्रामा भेटिएको समेत महानिर्देशक ढकालले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
