प्रहरीका अनुसार भारतीय माफियाले भारतीयलाई नै प्रलोभनमा पारी विभिन्न ‘ट्रान्जिट रुट’ हुँदै अमेरिका पठाउनका लागि नयाँ दिल्लीका साथै दुबई, कतार लगायतबाट काठमाडौँ ल्याइ ‘होल्ड’ गरेर राख्ने गरेका थिए।
काठमाडौँ– नेपाल प्रहरीले भारतीय नागरिकलाई बन्धक बनाएर राखेको आरोपमा नौ जनालाई पक्राउ गरेको छ। विभिन्न देशमा पठाइदिने भन्दै भारतीय नागरिकलाई नेपालमा ल्याइ बन्धक बनाएको आरोपमा प्रहरीले एक नेपालीसहित नौ जनालाई पक्राउ गरेको हो।
साथै, प्रहरीले उनीहरूले बन्धक बनाएर राखेका ११ भारतीय नागरिकको पनि उद्धार गरेको छ। जिल्ला प्रहरी परिसर प्रहरी काठमाडौँ र वृत्त गौशालाको संयुक्त टोलीले ‘रेस्क्यु अप्रेसन’ गरी उनीहरूको उद्धार गरेको हो। प्रहरीले यसलाई ‘अप्रेसन डंकी’ नाम दिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गरी ११ जना भारतीयलाई बन्धक बनाएको घटनामा संलग्न नौ जनालाई पक्राउ गरिएको जानकारी दिएको हो। अमेरिकालगायतका देशमा पठाइदिने निहुँमा उनीहरूलाई काठमाडौँ ल्याइ बन्धक बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए।
पक्राउ पर्ने भारतीय नागरिकमा इन्द्रसिंह यादव, निकुन गुप्ता, चरनजित सिंह, अशोक कुमार, अब्दुल रहिम, मनिषकुमार मलहोत्रा, रवि नेवाडे र रामचन्द्र शर्मा छन्। नेपाली नागरिकको भने पहिचान खुलाइएको छैन।
प्रहरीले भारतीय माफियाहरूले भारतीयलाई नै प्रलोभन देखाइ विभिन्न ‘ट्रान्जिट रुट’ हुँदै अमेरिका पठाउनका लागि नयाँ दिल्लीका साथै दुबई, कतार लगायतका देशबाट काठमाडौँ ल्याइ ‘होल्ड’ गरेर राख्ने गरेको खुलेको जनाएको छ।
काठमाडौँ आएपश्चात् पीडितलाई काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित धोबीखोला कोरिडरनजिक रहेको एक घरमा पुर्याइ पासपोर्ट, विद्युतीय उपकरण र अनिवार्य रूपमा बोक्ने भनिएको तीन हजार अमेरिकी डलर जफत गरेर नियन्त्रणमा राख्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।
उनीहरूले बन्धक बनाइका परिवारका सदस्यबाट थप पैसा मगाउन लगाउने, नपाए शरीरिक तथा मानसिक यातना दिने र उनीहरू र भारतमा रहेका आफन्तहरूको ज्यानसम्म लिने धम्की दिने गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को अपहरण तथा शरीर बन्धकसम्बन्धी महल, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
