कांग्रेस केन्द्रीय समितिको बैठकमा चार वटा प्रस्ताव पेस भएका छन्। ती प्रस्तावमाथि शुक्रबारबाट छलफल थालिने भएको छ।
काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा चार वटा प्रस्ताव पेस भएका छन्।
बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा सरकारको आर्थिक अवस्थाबारे जानकारी गराइएको हो।
साथै, पार्टीको राजनीतिक प्रतिवेदन, पार्टीको संगठनसम्बन्धी प्रस्ताव र समग्र नीतिसम्बन्धी प्रस्ताव पेस गरिएको पार्टीका नेता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए।
बैठकमा सरकारका तर्फबाट नेता महतले आर्थिक अवस्था, भावी योजनाबारे प्रस्ताव पेस गरेका थिए भने पार्टीका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेस गरेका थिए।
त्यस्तै, महामन्त्री गगनकुमार थापाले संगठनसम्बन्धी प्रस्ताव र उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले समग्र नीतिका विषयमा प्रस्ताव पेस गरेको उनले बताए। उनले बिहीबारको बैठकमा प्रस्ताव मात्रै पेस भएको र शुक्रबारबाट प्रस्तावमाथि छलफल हुने जनाए।
“आज यी चार प्रस्ताव पेस हुनेछन्। भोलि यसमा छलफल हुनेछन्। समग्र छलफल सकिएपछि महासमितिमा प्रस्तावको लागि लैजानका लागि परिमार्जनसहित महासमिति बैठकमा जान्छ,” उनले भने।
नेता महतले केही जिल्लामा महासमिति सदस्य निर्वाचनमा विवाद आएकाले अहिले निर्वाचन समितिले अध्ययन गरिरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
