अर्थ समितिले उपसमिति बनाएर मुख्य–मुख्य भन्सार कार्यालयको अनुगमन गर्ने भएको छ।
काठमाडौँ– अर्थ समितिले उपसमिति बनाएर मुख्य–मुख्य भन्सार कार्यालयको अनुगमन गर्ने भएको छ। बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले भन्सार गतिविधि हेर्ने गरी उपसमिति बनाएर मुलुकका मुख्य–मुख्य भन्सार कार्यालय अनुगमन गर्ने भएको हो।
समिति बैठकमा बोल्दै अर्थ समिति सभापति सन्तोष चालिसेले भन्सार नाकामा चोरीपैठारी वृद्धि भएको भन्ने गुनासो आएकाले चोरीपैठारी नियन्त्रण गर्न उपसमिति बनाएर भन्सार कार्यालयहरूको अनुगमन गर्ने निर्णय गरिएको बताए।
उनले भन्सार प्रशासनमा प्रविधिको अभाव लगायतका समस्या रहेको अर्थ मन्त्रालयले बताएसँगै समितिले उपसमिति गठन गरेर अनुगमन गर्न आवश्यक देखिएको बताए।
सरकारले आयव्यय अनुमान गर्ने विद्यामान पद्धतिमा कमीकमजोरी र प्रक्षेपणअनुसार राजस्व संकलन नभई लक्ष्य उल्लेख्य रूपमा घटाउनुको कारण, संशोधित लक्ष्यअनुसार राजस्व संकलन गर्ने अर्थ मन्त्रालयको रणनीति र कार्ययोजनाबारेमा मन्त्रीसँग छलफल गर्ने उनको भनाइ थियो।
“आर्थिक वर्ष २०८०/८१को बजेटको अर्धवार्षिक समीक्षामार्फत नेपाल सरकारले यस आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य संशोधन गरेकोमा बजेट तर्जुमा गरेको समयमा सरकारले आयव्ययको अनुमान यथार्थपरक ढंकले गरेको नदेखिएकाले अर्थमन्त्रीको उपस्थितिमा नीतिगत छलफल हुनुपर्ने सांसदहरूको माग रहेका छ,” उनले भने।
उनले अन्तर्राष्ट्रिय भन्सारका सम्बन्धमा पनि समितिले समय मिलाएर छलफल गर्ने निर्णय गरिएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
