ललितानिवास प्रकरणमा विशेष अदालतको फैसलाः मालपोतका कर्मचारी र राणा परिवारका सदस्यलाई २ वर्ष कैद र जनही ७५ लाख जरिबाना
विशेष अदालतले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मालपोतका तत्कालीन कर्मचारी र राणा परिवारका सदस्यलाई दुई वर्ष कैद र जनही ७५ लाख जरिबानाको फैसला सुनाएको छ।
काठमाडौँ– विशेष अदालतले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मालपोतका तत्कालीन कर्मचारी र राणा परिवारका सदस्यलाई दुई वर्ष कैद र जनही ७५ लाख जरिबानाको फैसला सुनाएको छ।
विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललितानिवास प्रकरणसम्बन्धी मुद्दामा एक महिनासम्म निरन्तर सुनुाइ गर्दै बिहीबार फैसला सुनाएको हो।
विशेषले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, जग्गाधनी रुक्म शमशेर जबरासहित राणा परिवारका सदस्यलाई कद र जरिबाना सुनाएको हो। कलाधर देउजाबाहेक रामकुमार सुवेदी र शोभाकान्त ढकाल, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनीलाई पनि सजाय भएको छ। विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले अहिले ललिता निवास प्रकरणको फैसला सुनाइ रहेका छन्।
ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते १७५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। मुद्दामा ११० जनालाई सजाय र बिगो मागदाबी गरिएको थियो। ६५ जनाको हकमा जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
