गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना, यस्तो छ माैसम पूर्वानुमान

गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

काठमाडाैँ– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।

शुक्रबार दिनभर कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यसले गर्दा त्यहाँको दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।  

राति पनि कोशी र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहने छ।