लेबनानले आफ्नो सैन्य कमान्डको मुख्यालयमा आक्रमण गरेपछि इजरायलले ठूलो जवाफी हवाई हमला गरेको हो।
इजरायली सेनाको हवाई आक्रमणमा परेर लेबनानको सशस्त्र समूह हिज्बुल्लाहका कमान्डर मारिएका छन्।
इजरायलका रक्षामन्त्री योभ गालान्टले लेबनानको सीमामा इजरायल र हिज्बुल्लाहबीच गोली हानाहान बढेको बताएका छन्। इजरायली सेनाले बुधबार दक्षिणी लेबनानका धेरै क्षेत्रमा हवाई आक्रमण गरेको र हिज्बुल्लाह कमाण्डर मारिएको बताएको हो।
यी आक्रमणमा पाँच बालबालिकाको पनि मृत्यु भएको छ। हिज्बुल्लाहका एक वरिष्ठ अधिकारी हसन फदलाल्लाहले इजरायलले यसको मूल्य चुकाउनु पर्ने बताए।
लेबनानले आफ्नो सैन्य कमान्डको मुख्यालयमा आक्रमण गरेपछि इजरायलले ठूलो जवाफी हवाई हमला गरेको हो। अहिलेसम्म यी आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको पुष्टि भएको छ।
समाचार एजेन्सी एएफपीका अनुसार लेबनानी अधिकारीहरूले दक्षिणी लेबनानमा बुधबार भएको आक्रमणमा एकै परिवारका पाँच जनाको मृत्यु भएको र एक बालकलाई भग्नावशेषबाट जिउँदै निकालिएको जानकारी दिएका छन्।
लेबनानको आधिकारिक मिडिया र हिज्बुल्लाहले बुधबारको आक्रमणमा कुल १० जनाको मृत्यु भएको जनाएका छन्, जसमध्ये आठ जना सर्वसाधारण थिए।
इजरायल र हिज्बुल्लाह बीचको द्वन्द्व शुरू भएदेखि लेबनानी पक्षमा ३८ नागरिकसहित २५४ जनाको मृत्यु भएको छ भने इजरायली पक्षमा १० सैनिक र ६ नागरिकको मृत्यु भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
