महासंघले देशका विभिन्न भागमा भवितव्य रूपमा हुने गाडी दुर्घटना न्यूनीकरण कार्यदल गठनका लागि सरकारसमक्ष अनुरोधसमेत गरेको छ।
काठमाडौँ– देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न सरकारसँग माग गरेको छ।
महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार विज्ञप्ति जारी गरी पछिल्लो समय दुर्घटना बढेकामा दुःख व्यक्त गर्दै भवितव्य दुर्घटनाका लागि राहत कोषको स्थापना गर्न सरकारसँग माग गरेका छन्। महासंघले बिहीबार बिहान महेन्द्रनगरबाट यात्रु लिएर काठमाडौँ आउँदै गरेको सुनौलो महाकाली यातायात प्रालिको रात्रि सेवामा सञ्चालित सुपप्र ०२–००१ ख ००९८ नंको यात्रुवाहक बस कपिलवस्तुको शिवराज नगरपालिका–१ मा दुर्घटना हुँदा १० जना यात्रुको घटनास्थलमा मृत्यु हुनाका साथै ३० जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।
महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले भवितव्य रूपमा भएको दुर्घटनाको सत्यतथ्य छानबिनको माग गर्दै मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग आग्रह गरेका छन्। उनले दुर्घटनामा घाइते भएकाको उपचारको जिम्मेवारी लिनसमेत सरकारसँग माग गरेका छन्।
महासंघले देशका विभिन्न भागमा भवितव्य रूपमा हुने गाडी दुर्घटनामा केन्द्रीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर संगठनको सहभागिता रहने गरी दुर्घटना न्यूनीकरण कार्यदल गठनका लागि सरकारसमक्ष अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
