बझाङको पाराकाट्ने केन्द्रविन्दु भएर भूकम्पको धक्का

शुक्रबार बिहान ९ बजेर ३२ मिनेट जाँदा पाराकाट्ने आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

काठमाडौँ– बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शुक्रबार बिहान ९ बजेर ३२ मिनेट जाँदा पाराकाट्ने आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र १५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने २०० भन्दा बढी व्यक्ति घाइते भएका थिए।