मन्दिरको खर्चतर्फ हरेक महिना तलबमा तीन लाख ५७ हजार रुपैयाँ खर्च हुने गरेको हो।
बागलुङ– प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा चालु आर्थिक वर्षको सात महिनामा एक करोड ७१ लाख भेटी संकलनन भएको छ। मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको आयव्ययमा एक करोड २८ लाख रुपैयाँ भने खर्च गरेको छ। सो अवधिमा मन्दिरले ४२ लाख रुपैयाँ बचत गरेको पाइएको छ। मन्दिर व्यवस्थापन समितिले भौतिक संरचनासमेत निर्माण गरेको छ।
मन्दिरमा गत माघ महिनामा मात्रै १९ लाख ७२ हजार रुपैयाँ भेटी संकलनन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए। मन्दिरको खर्चतर्फ हरेक महिना तलबमा तीन लाख ५७ हजार रुपैयाँ खर्च हुने गरेको हो। बडा दशैँ र चैते दशैँमा भने करारका थप कर्मचारी राख्नु पर्दा खर्च पनि बढ्ने अध्यक्ष खड्काको भनाइ छ। दशैँमा भक्तजन बढी आउने भएकाले भेटी पनि अन्य महिनामा भन्दा बढी संकलनन हुने उनले बताए।
मन्दिरमा चढाइने भेटीको दैनिक आम्दानी सार्वजनिक गरिँदै आइएको छ। व्यवस्थापन समितिले पछिल्लो दुई वर्षमा चढाइएका सुनलगायत गरगहना पनि सार्वजनिक गरेको छ। यस अवधिमा तीन तोला ४५ लाल सुन र ३०० तोला ११ लाल चाँदी चढेको अध्यक्ष खड्काले बताए। कालिका भगवती गुठी व्यवस्थापन समितिले मन्दिरमा चढेको गहना गालेर उक्त सुन र चाँदी तयार पारेको छ।
खड्का अध्यक्ष भएपछि उक्त गहनासमेत सार्वजनिक भएको हो। खड्का २०७८ साल कात्तिक ८ गते अध्यक्ष नियुक्त भएका थिए। कालिका मन्दिरमा कतिपय भक्तजनले गरगहना बनाएर चढाउने गरेका छन्। नगदबाहेक चढाइने जिन्सीलाई नगदमा रुपान्तरण गर्न गहना गालेर एकमुष्ट बनाइएको अध्यक्ष खड्काले बताए।
मन्दिर आसपासमा रहेका सटरबाट मन्दिरले मासिक तीन लाख १४ हजार रुपैयाँ भाडा असुल गर्दै आएको छ। त्यसबाहेक मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाई हुने गरेको छ। परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुर समेतबाट आम्दानी बाँध्ने गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव निशान खड्काले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
