सफ्टवेयरमा समस्या आएपछि काममा समस्या उत्पन्न भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता तथा सूचना अधिकारी टीकाराम ढकालले बताए।
काठमाडौँ– वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै सञ्चालन हुन सकेको छैन। बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अंगभंग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा केही दिनयतादेखि समस्या आएको थियो।
उक्त सफ्टवेयरमा समस्या आएपछि काममा समस्या उत्पन्न भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता तथा सूचना अधिकारी टीकाराम ढकालले बताए। उनले भने, “सम्पूर्ण ‘डाटा’ र ‘डकुमेन्ट’सहित अपलोड गरिएका कागजातले गर्दा मेमोरी भरिएर सफ्टवेयरमा समस्या आएको हो, समस्या समाधानका लागि प्राविधिकले प्रयास गरिरहेका छन्, १५ वर्षदेखिको डाटा र डकुमेन्ट भएकाले मेमोरी भरिएको हो।”
वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अंगभंग भएका कामदार र परिवारका ‘अफलाइन’मा निवेदन लिएको भए पनि भुक्तानी सफ्टवेयरबाट हुने भएकाले दिन नसकिएको प्रवक्ता ढकालले बताए। उनका अनुसार सफटवेयरले काम नगरे पनि उद्धारसहितका आकस्मिकलगायत काम अफलाइनमार्फत पत्र पठाएर सञ्चालन भइरहेको छ।
बोर्ड सचिवालयको सफ्टवेयरको सर्भरमा केही दिनदेखि समस्या आएको र सफ्टवेयर सञ्चालन हुन अझै केही दिन लाग्ने बोर्डले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
