योसँगै मलेसिया यो वर्ष आयोजना हुने टी–२० एशिया कपमा पनि छनोट भएको छ।
काठमाडाैँ– एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ।
घरेलु मैदानमा नेपाललाई ४ विकेटले हराउँदै मलेसिया फाइनलमा प्रवेश गरेको छ। योसँगै नेपालले फाइनल खेल्ने अवसर गुमाएको छ भने मलेसिया यो वर्ष आयोजना हुने टी–२० एशिया कपमा छनोट भएको छ।
मलेसियाको जितमा एल्सा हन्टरले ६९ र महिरा इस्माइलले १६ रन बनाए। यस्तै, मास एलिसाले १३ रनको योगदान गरिन्। नेपालका लागि कविता जोशी र सीता रानामगरले २/२ विकेट तथा कविता कुँवर र रुविना क्षेत्रीले १/१ विकेट लिए।
मलेसियाको क्वालालाम्पुरमा सम्पन्न खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ११५ रन बनाएको थियो। नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन बनाइन्। उनले ३७ बल खेल्ने क्रममा दुई चौका प्रहार गरिन्। त्यसैगरी डली भट्टले १४ बलमा एक चौका र दुई छक्काको सहयोगमा २५, सीता रानामगरले ६, कविता कुँवरले ३१ बलमा दुई चौकाको सहयोगमा २३ र रुविना क्षेत्रीले १८ बलमा दुई चौकाको सहयोगमा २० रन बनाइन्।
मलेसियाकी महिराह इजाती इस्मालीले दुई विकेट लिइन भने विनिफ्रेड दुराई सिंघमले एक विकेट लिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
