कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०७७ पारित भएको छ।
काठमाडौँ– कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०७७ पारित भएको छ।
प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले विधेयक विभिन्न सरोकारवाला र कृषि, कानून र उद्योगमन्त्री सहितका व्यक्तिहरूसँग पटक–पटक छलफल गरी आवश्यक संशोधनसहित पारित गरिएको बताइन्।
राष्ट्रियसभाबाट पारित भएर आवश्यक संशोधनका लागि समितिमा आएको विधेयक समिति सदस्य वीरबहादुर बलायरको संयोजकत्वमा उपसमिति बनाएर लामो छलफलपछि शुक्रबार पारित गरिएको हो।
उनले मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणका लागि खाद्य श्रृंखलाका सबै चरणमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र त्यसको नियमनको व्यवस्था गर्नेगरी खाद्य स्वच्छतासम्बन्धी विधेयक पारित गरिएको बताइन्।
उनले समितिबाट पारित भएको विधेयक अब संसद्मा पेस हुने बताइन्। संसद्मा पेस भएर उक्त विधेयक पारित भएर कानून बनेसँगै सम्पूर्ण खाद्य श्रृंखलामा खाद्य स्वच्छता कायम गर्न सकिने अपेक्षा रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
