सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन्। काठमाडौँका अलावा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ।
दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर ४० लाख रुपैयाँ आम्दानी गरेका छन्। वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहेका छन्।
विसं २०६४ बाट सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट रहेको बताए। महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ। त्यहाँ एक हजार ५०० सुन्तलाका बोट छन्। “रोजगारीका लागि विभिन्न देश पुगे, त्यहाँ आत्मसन्तुष्ट हुन सकिन, स्वदेशमै फर्किएर केही गर्छु भन्ने मानसिकता बनाएर आएपछि सुन्तलाखेतीमा लागेको हुँ,” उनले भने।
उनले विसं २०७६ मा कृषि महत फार्म दर्ता गरी व्यवस्थित रूपमा सुन्तलाखेती अगाडि बढाइरहेका छन्। उनका अनुसार सुन्तला बगैँचामा एक हजार ५०० उत्पादन दिने तथा ७०० उत्पादन नदिने बिरुवा छन्। उत्पादित सुन्तला काठमाडौँस्थित कालीमाटीमा बिक्री हुँदै आएको छ।
उनले यस वर्ष कालीमाटीमा प्रतिकिलो १२० सम्म सुन्तला बिक्री गरेको जानकारी दिए। “गत वर्ष ६० लाखको सुन्तला बगैँचाबाटै बिक्री भएको थियो, तर यस वर्ष उत्पादनमा ह्रास आउँदा कम आम्दानी भयो,” उनले भने।
नाम्सीकोट सुन्तला पकेट क्षेत्रका रूपमा परिचित छ। महतले नाम्सकोटका करिब २०० घरधुरीलाई समूहमा विभाजन गरी गत वर्ष कृषि ज्ञान केन्द्र तनहुँले करिब ४० लाख रुपैयाँ बराबरको कार्यक्रम सहयोग गरेको जानकारी दिए। उनका अनुसार शुक्लागण्डकी नगरपालिकाले किसानलाई सुन्तलाखेतीका लागि ड्रम, घाँस काट्ने मेसिनलगायत सामग्री अनुदान दिएको थियो।
उनले यस वर्ष चार करोड रुपैयाँ बराबरको सुन्तला खरिद गरी बिक्री गरेको जानकारी दिए। म्याग्दे गाउँपालिकाका किसानबाट एक करोड ५० लाख रुपैयाँ र शुक्लागण्डकीका अलैँचे, नाम्सीकोटलगायत टोलबाट दुई करोड ५० लाख रुपैयाँको सुन्तला खरिद गरी बिक्री गरेको उनले बताए। उनले सुन्तला बगानबाट प्रतिकिलो ७० देखि ७५ रुपैयाँमा खरिद गरी १२० रुपैयाँसम्म बिक्री गर्ने गरेको सुनाए।
तनहुँमा यस वर्ष कृषकले सुन्तला बिक्री गरेर ३० करोड रुपैयाँ भित्र्याएका छन्। जिल्लामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। ज्ञान केन्द्रका बागवानी विकास अधिकृत वीरेन्द्र धितालले यो वर्ष करिब ३० करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको जानकारी दिए। जिल्लामा यस वर्ष तीन हजार ७५० मेट्रिकटन सुन्तला उत्पादन भएको प्रारम्भिक अनुमान छ।
कार्यालयका अनुसार गत वर्ष २९ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो। उक्त अवधिमा तीन हजार ६२५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो। प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ। सुन्तलाखेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित हुँदै गएका छन्। जिल्लाका आठ हजार ५७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको छ।
कार्यालयले सुन्तलाखेती गर्ने कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ। “कृषकलाई सुन्तला बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइरहेका छौँ,” उनले भने। तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन्।
सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन्। काठमाडौँका अलावा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ। यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भीमादलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
