सरोकारवालाले नेपालसहित विश्वभरका सरकारले नागरिक समाजको भूमिकालाई कम महत्त्व दिएको र खुलापन खुम्च्याउँदै लगेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
काठमाडौँ– सरोकारवालाले नागरिकको खुलापन खुम्चिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। विश्व सामाजिक मञ्चमा नेपाल गैरसरकारी संस्था महासंघले गरेको अन्तरक्रियामा सरोकारवालाले यस्तो चिन्ता व्यक्त गरेका हुन्। वक्ताहरूले नेपालसहित विश्वभरका सरकारले नागरिक समाजको भूमिकालाई कम महत्त्व दिएको र खुलापन खुम्च्याउँदै लगेको बताए।
नेपालस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको छाता संस्था एआईएनका अध्यक्ष भगवान् श्रेष्ठले दक्षिण एशियाको तुलनामा नेपालमा नागरिक समुदायको र खुलापन राम्रो मानिए पनि बिस्तारै खुम्चिँदै गएको बताए। उनले विद्यमान नीति तथा अभ्यासका कारण नागरिक समाजले धेरै खुलापनको महसुस गर्न नपाएको उल्लेख गरे। नेपालमा कर्मचारीतन्त्र र प्रक्रियागत झन्झटले पर्याप्त काम गर्न सक्ने वातावरण नभएको पनि उनको भनाइ थियो।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले नेपालमा गैरसरकारी संस्था र नागरिक समाजको भूमिकालाई नजरअन्दाज गर्न नसकिने बताइन्। उनले नेपालको सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका नागरिक समाजको रहेको उल्लेख गरिन्। नागरिक समाज र खुलापनबारे अझ धेरै छलफल र बहस हुन आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा युरोपेली युनियनको नेपालका लागि राजदूत भेरोनिक लोरेन्जोले नागरिक समाजको खुलापनलाई देशको आन्तरिक र विश्व राजनीतिले नकारात्मक असर गरिरहेको बताइन्। सक्रिय र क्रियाशील नागरिक समाजले मात्र प्राप्त लोकतन्त्र र समावेशितालाई बचाउन सक्ने उनको भनाइ थियो। राजदूत लोरेन्जोले नागरिक समाजलाई क्रियाशील बनाउन गैरसरकारी संस्थाले धेरै काम गर्नुपर्ने जनाइन्।
सम्मेलनमा ९२ मुलुकका करिब ४० हजार मानिसको सहभागिता रहेको छ। सम्मेलनमा एक हजार २५२ संस्थाका तर्फबाट १३ मूलविधामा आधारित भएर ४०० कार्यक्रम हुनेछन्। सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछुत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानून, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिकाबारे छलफल पनि भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
