गृह मन्त्रालयले गठन गर्‍यो प्रहरी समायोजन समिति

गृह मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको संयोजकत्व र नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिवको सहसंयोजकत्वमा समिति बनाएको हो।

काठमाडौँ– गृह मन्त्रालयले प्रहरी कर्मचारीको समायोजनसम्बन्धी काम अघि बढाएको छ।

शुक्रबार पाँच सदस्यीय प्रहरी कर्मचारी समायोजन समिति गठनसँगै समायोजनको काम अघि बढेको मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

गृह मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको संयोजकत्व र नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिवको सहसंयोजकत्वमा समिति बनाएको हो। 

समितिको सदस्यहरूमा प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक र मन्त्रालयका उपसचिव सदस्य तथा मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य रहेको समिति गठन गरेको हो। 

प्रहरी समायोजन ऐन, २०७६ बमोजिम नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी सेवामा समायोजन गरी संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन मन्त्रालयले काम गरिरहेको बताइएको छ।