कांग्रेसले महासमिति बैठकमा पेस हुने विभिन्न दस्ताबेज केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको छ।
काठमाडौँ– नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा पेस हुने विभिन्न दस्ताबेज केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको छ।
केन्द्रीय समितिले उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेद्वारा प्रस्तुत लेखा परीक्षण प्रतिवेदन पारित गरेको हो।
यही फागुन ३ र ४ गते पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले उक्त सबै प्रस्तावमाथि छलफल गरेर प्राप्त सुझावलाई समावेश गरी परिमार्जनसहित महासमितिको बैठकमा प्रस्तुत गर्ने गरी पारित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यसैगरी बैठकले महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराउने निर्णय गरेको छ।
बैठकले कांग्रेस संघीय संसद्, संसदीय दलको कार्यसमितिको निर्वाचन गराउन सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेको निर्वाचन समिति गठन गर्ने निर्णय गरेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
