नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाईंले करण केसी र पवन सर्राफलाई बेन्चमा राख्दै दीपेन्द्रसिंह ऐरी र देव खनाललाई खेलाएका छन्। 

काठमाडौँ– नेपालले आइसीसी क्रिकेट विश्वकप लिग२ शृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ। 

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले जितेर पहिला फिल्ड गर्ने निर्णय लिएका हुन्। 

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ। मुख्य प्रशिक्षक मोन्टी देशाईंले करण केसी र पवन सर्राफलाई बेन्चमा राख्दै दीपेन्द्रसिंह ऐरी र देव खनाललाई खेलाएका छन्। 

नेपालको टोलीमा रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी रहेका छन्।

नेपाल पहिलो खेलमा बिहीबार नामिबियासँग ४ विकेटले पराजित भएको थियो।