जापानले गर्‍यो नयाँ पुस्ताको रकेटको सफल परीक्षण

दक्षिणपश्चिमी जापानको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार बिहान ९ः२२ बजे एच–थ्री प्रक्षेपण गरिएको थियो।

जापानको अन्तरिक्ष निकाय (जाक्सा)ले आफ्नो नयाँ रकेट ‘एच–थ्री’को सफल प्रक्षेपण गरेको छ। 

वर्षौंको ढिलाइ र यसअघिका दुई असफल प्रयासबाट निराशा भोगेको जाक्सालाई एच–थ्रीको सफल परीक्षणले उत्साहित बनाएको छ। 

नयाँ पुस्ताको एच–थ्रीलाई स्पेसएक्सको फाल्कन ९ को प्रतिद्वन्द्वीका रूपमा प्रस्तुत गरिएको छ। जाक्साका अध्यक्ष हिरोशी यामाकावाले भने, “म लामो समयदेखि अन्तरिक्ष अभियानमा छु, तर मैले पहिले कहिल्यै पनि यति धेरै खुशी महसुस गरेको थिइन।”

दक्षिणपश्चिमी जापानको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार बिहान ९ः२२ बजे एच–थ्री प्रक्षेपण गरिएको थियो।

वैज्ञानिकहरूले एच–थ्रीमा प्रयोग भएको विश्वकै पहिलो प्रविधिको परीक्षण महत्त्वपूर्ण रहेको बताएका छन्।

युनिभर्सिटी अफ मेलबोर्नको मेलबर्न स्पेस ल्याबोरेटरीका निर्देशक मिचेल ट्रेन्टीले भने, “एच–थ्री रकेटमा पहिलो चरणको अद्वितीय इन्जिन छ यसले अत्याधुनिक रकेटको तुलनामा बढी सन्तुष्टि प्रदान गर्छ।