नेपालका लागि अनिल शाह र आसिफ शेखले अर्धशतक पूरा गरे। आसिफ ४५ बलमा ५४ रन तथा अनिल ३६ बलमा ५७ रनसहित नटआउट रहे।
काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ।
त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १३८ रनको विजयी लक्ष्य नेपालले १५.२ ओभरमा १ विकेट गुमाएर भेट्टायो।
नेपालका लागि अनिल शाह र आसिफ शेखले अर्धशतक पूरा गरे। आसिफ ४५ बलमा ८ चौका र १ छक्कासहित ५४ रनमा नटआउट रहे।
अनिलले ३६ बलमा ६ चौका र ४ छक्कासहित नटआउट ५७ रन बनाए। कुशल भुर्तेलले ११ बलमा २८ रनको योगदान दिए।
त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले ३९ ओभरमा अलआउट हुँदै १३७ रन मात्र बनायो।
नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन जोडे। बास डे लिडेले २७ तथा साइब्रान्ड एंगलब्रेक्टले २३ रन बनाए।
नेपालका लागि कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा रोहित पौडेल र सोमपाल कामीले १–१ विकेट लिए। दुई ब्याटर रनआउट भए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
