भर्जिनियास्थित वालमार्ट सुपरमार्केटका स्टोर प्रबन्धकले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको हो।
अमेरिकाको भर्जिनियास्थित वालमार्ट सुपरमार्केटमा अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाको मृत्यु भएको छ। भर्जिनियाको चेसपिक शहरको वालमार्ट सुपरमार्केटमा गोली प्रहार भएको हो। घटनामा दर्जनौँ घाइते भएका छन्।
वालमार्टका स्टोर प्रबन्धकले स्थानीय समयानुसार मंगलबार रातको १० बजेतिर अन्धाधुन्ध गोली चलाएका थिए। पछि आफैँले आफैलाई गोली हानेका थिए।
उनको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ। आक्रमणको कारण भने पत्ता नलागेको स्थानीय प्रहरी प्रवक्ता लियो कोसिन्स्कीले बताए।
भर्जिनियाकी सांसद एल लुइस लुकासले यस घटनाले विक्षिप्त भएको बताउँदै उनले बन्दुक हिंसाको महामारी अन्त्य नगरी आफूले आराम नगर्ने भन्दै ट्विट गरेकी छन्। त्यस्तै, अर्का सांसद मार्क वार्नरले फेरि अर्को सामूहिक गोली प्रहार हुनु दुखद भएको बताएका छन्।
केही दिनअघि मात्रै कोलोराडो राज्यस्थित एक रात्रिक्लबमा भएको अन्धाधुन्ध गोली प्रहारमा ५ जनाले ज्यान गुमाएका थिए भने १७ जना घाइते भएका थिए। यस्तै, सन् २०१९ मा टेक्ससस्थित एल पासो शहरमा भएको सामूहिक गोली प्रहारमा २३ जनाको मृत्यु भएको थियो।
अमेरिकामा बर्सेनि गोली प्रहारका घटनामा सयौँको ज्यान जाने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
