निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि ८७ दललाई ७९ चुनाव चिह्न दिएको छ। तीमध्ये ७५ चिह्न एकल दलका छन्।
काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ८७ दललाई ७९ चुनाव चिह्न दिएको छ। तीमध्ये ७५ चिह्न एकल दलका छन् भने चार वटा चिह्न विभिन्न दलले संयुक्त रुपमा प्रतिश्पर्धा गर्ने गरी लिएका छन्।
आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि ८० वटा दलले एकल रुपमा र चार वटाले संयुक्त रुपमा प्रतिश्पर्धा गर्ने गरी निवेदन दिएका थिए। तीमध्ये कागजपत्रहरुको अध्ययनबाट पाँच वटाले मान्यता पाउन नसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। चार वटा चुनाव चिह्नमा भने विभिन्न आठ दलले प्रतिश्पर्धा गर्दैछन्।
त्यसैगरी प्रदेशसभा सदस्य निर्वाचनको प्रयोजनका लागि प्रदेश नं. १ मा ६२ वटा दलका निर्वाचन चिह्न प्रयोग हुनेछन्। त्यहाँ ७० दलले एकल र संयुक्त चिह्न लिएर प्रतिश्पर्धा गर्दैछन्। उता, मधेश प्रदेशमा ६७ वटा दलका निर्वाचन चिह्नमा ७५ दलले एकल र संयुक्त रुपमा प्रतिश्पर्धा गर्दैछन्। बागमती प्रदेशमा ६४ वटा दलका चिह्नमा ७२ दल सहभागी हुनेछन्।
त्यस्तै, गण्डकी प्रदेशमा ५८ वटा दलका निर्वाचन चिह्नमा ६६ दल, लुम्बिनीमा ६० वटा चिह्नमा ६८ दल, कर्णाली प्रदेशमा ५६ वटा चिह्नमा ६४ दल र सुदूरपश्चिममा ५६ वटा चिह्नमा ६४ दलले प्रतिश्पर्धा गर्नेछन्।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १६ बमोजिम निर्वाचन आयोगमा निवेदन दिएका पाँच दललाई छुट्टै दल दर्ता नगरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ। ती पार्टीले संयुक्त चिह्नमा प्रतिश्पर्धा गर्ने कारण दर्ता नगरिएको जनाइएको छ। यसरी छुट्टै दल दर्ता नगरिएका पार्टीमा नेपाल समाजवादी पार्टी, नेपाल दलित पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिट पार्टी (माओवादी केन्द्र), र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) छन्।
त्यसैगरी, राष्ट्रिय यथार्थवादी पार्टीले मोटरसाइकल, सामाजिक लोकतान्त्रिक पार्टीले तीन ढुङगे अगेनो र त्रिमूल नेपालले ओदान निर्वाचन चिन्ह पाएका छन्। ती दलले मागेबमोजिम चिह्न पाएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
