राष्ट्रिय गानका रचयिता माइलालाई मासिक ५० हजार दिने सरकारको निर्णय

सरकारले राष्ट्रिय गानका रचियता व्याकुल माइलालाई जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ। यसअघि सरकारले उनलाई २५ हजार उपलब्ध गराउँदै आएको थियो।

काठमाडौँ- सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लाई मासिक ५० हजार भत्ता दिने भएको छ । 



असोज ७ गते बसेको मन्त्रिपरिषद्को निर्णयले माइलाको भत्तामा बढोत्तरी गर्ने निर्णय गरेको हो। सरकारले सहज जीवनयापनका लागि माइलालाई मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने नर्णय गरेको हो। 



यसअघि मासिक २५ हजार रुपैयाँ दिँदै आएकोमा अब मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।