यस्तो छ आइतबारको माैसम पूर्वानुमान

आइतबार दिनभर कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने छ।

काठमाडाैँ– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। साथै तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार दिनभर कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही स्थानमा फाटफुटदेखि हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।

राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागमा साधारणतया बदली रही बाँकी भागहरूमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।