इसरोका अनुसार उपग्रह परिष्कृत मौसम विज्ञान अवलोकन तथा मौसम पूर्वानुमान र प्रकोप चेतावनीको लागि डिजाइन गरिएको हो।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले शनिबार नयाँ मौसम उपग्रह आईएनएसएटी–३ डीएस कक्षमा प्रक्षेपण गरेको छ।
जियोसिंक्रोनस लन्च भेइकल रकेटमा सवार मौसम विज्ञान उपग्रह दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट शनिबार साँझ ५ः३५ मा उडेको थियो। उक्त रकेटले उपग्रहलाई जियोसिंक्रोनस ट्रान्सफर अर्बिटमा सफलतापूर्वक प्रवेश गरेको इसरोले सामाजिक सञ्जालमा पोस्ट गरेको छ।
इसरोका अनुसार उपग्रह परिष्कृत मौसम विज्ञान अवलोकन तथा मौसम पूर्वानुमान र प्रकोप चेतावनीको लागि डिजाइन गरिएको हो। यसले भूमि र समुद्र सतहहरूलाई निगरानी गर्नेछ।
२ हजार २७४ केजी तौल भएको उक्त स्याटेलाइटले भारतको मौसम विज्ञान विभागलगायत पृथ्वी विज्ञान मन्त्रालयअन्तर्गतका विभिन्न विभागहरूलाई सहयोग पुर्याउने छ। मौसमको जानकारीसँगै यो स्याटेलाइटले खोज र उद्धारका लागि डाटा र सन्देश पनि पठाउने बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
