एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने तथा लगानी र मेहनत कम पर्ने भएकाले किसानले यसबाट राम्रो फाइदा लिन थालेका हुन्।
नवलपरासी– बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–७ का लक्ष्मी महतोको दम्पतीले पालुंगे (खोले) साग खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन्।
विगत दुई वर्षदेखि व्यावसायिकरूपमा पालुंगे सागखेती गर्दै आएको महतो दम्पतीले वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुंगे सागले मंसिरदेखि चैतसम्म राम्रो आम्दानी दिने किसान लक्ष्मीले बताइन्। केही वर्षअघिसम्म चैतेधान लगाउने गरेकामा विगत दुई वर्षदेखि पालुंगे साग लगाउन थालेको उनको भनाइ छ।
“चैतेधानभन्दा यो साग लगाएपछि फाइदा भयो, यसमा सामान्य जैविक मल प्रयोग गर्छौँ अरू केही गर्नु पर्दैन,” उनले भनिन्, “ चैतेधानभन्दा यो सागखेतीले जीविकोपार्जनमा राहत पुर्याएको छ।”
महतो दम्पतीले साग बिक्री गरेर यामअनुसार तीन महिनामा नै तीन लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्। माघमा मात्र पहिलो लट काटिएको सागबाट ८० हजारभन्दा धेरै आम्दानी गरिसकेको लक्ष्मीले बताइन्। मंसिरमा लगाएको पालुंगे साग चैतसम्म उत्पादन हुने गर्दछ। खोलामा खेर गइरहेको पालुंगे सागलाई पहिलोपटक दुई वर्षअघि बिक्रीका लागि बजार लैजाँदा ग्राहकाले मन पराएपछि यसैलाई व्यावसायिक खेती गरेको उनले बताइन्।
“यो सागलाई उपभोक्ताले अत्यधिकरूपमा मन पराएर दैनिकरूपमा माग बढ्दै गएको छ,” उनले भनिन्, “पालुंगे सागको माग फागुन–चैतमा अझै धेरे हुने गर्दछ।” त्यतिबेला मौसममा अन्य साग उत्पादन कमै हुने भएकाले पनि पालुंगे सागको माग अझ बढ्ने गरेको छ। एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने तथा लगानी र मेहनत कम पर्ने भएकाले किसानले यसबाट राम्रो फाइदा लिन थालेका हुन्। पूर्णरूपमा अग्र्यानिक हुने र जुनसुकै प्रकारका बिरामीले पनि खान मिल्ने भएकाले बजारमा यसको माग बढ्दो रहेको किसान लीला थारूले बताइन्।
“यसमा कुनै रासायनिक मल प्रयोग हुँदैन। मल विषादि प्रयोग नगरिने हुँदा यो पूर्णरूपमा अग्र्यानिक हुन्छ। यो साग सङ्लो पानी बग्ने स्थानमा हुन्छ,” उनले भनिन्। खेत, खोला र सिमसार क्षेत्रमा पाइने पालुंगे साग अहिले ग्राहकले पनि अत्यधिक रुचाउन थालेका छन्। छिपछिपे पानी बग्ने खोलामा यो साग मौलाउने भएकाले यसलाई खोलेसाग पनि भन्ने गरिएको छ।
पछिल्लो समय जिल्लाको सदरमुकाम कावासोती बजारलगायतका स्थानमा पालुंगे सागको राम्रो कारोबार हुने गरेको छ। यस वर्ष स्थानीय किसानले जिल्लाबाहिर बुटवल, नारायणगढलगायतका बजारमा समेत यो सागको राम्रो निर्यात हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
