रुसी सरकारले नै नाभाल्नीको हत्या गरेको र प्रमाण नष्ट गर्नका लागि शव हस्तान्तरण नगरेको उनका समर्थकहरूको आरोप छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका एलेक्सी नाभाल्नीको शुक्रबार मृत्यु भएपछि अहिलेसम्म पनि उनको शव फेला परेको छैन।
हालसम्म क्रेमलिनले नाभाल्नीको मृत्युको बारेमा पूर्ण मौनता कायम राखेको छ। पोस्टमार्टमपछि शव हस्तान्तरण गर्ने भनिए पनि अहिलेसम्म नगरेको उनका समर्थकले बताएका छन्। उनीहरूले रुसी सरकारले नै नाभाल्नीको हत्या गरेको र प्रमाण नष्ट गर्नका लागि शव हस्तान्तरण नगरेको आरोप लगाएका छन्।
कारागार अधिकारीलाई उद्धृत गर्दै नवल्नीको शवको पोस्टमार्टम गरिएको बताइएको छ। तर उनको मृत्युबारे कुनै निष्कर्ष निकाल्न सकेको छैन। फेरि दोस्रो पटक पोस्टमार्टम हुने बताइएको छ। शव कहाँ राखिएको छ भन्नेबारे पनि कुनै खुलाइएको छैन।
गत शुक्रबार नाभाल्नी आर्कटिक सर्कलको जेलमा बिरामी परेका थिए। त्यसको केही समयपछि उनको मृत्यु भयो। रुसले नाभाल्नीलाई विष दिएर मारेको समाचार निराधार भएको बताएको छ।
४७ वर्षीय नभाल्नी राजनीतिक कैदीका रूपमा रूसको आर्कटिकमा १९ वर्षको जेल सजाय भोगिरहेका थिए। उनको मृत्युमा शनिबार राखिएको शाेकसभामा सहभागी भएकाहरूमाथि प्रहरीले धरपकड पनि गरे। १०० जना पक्राउ परेका बीबीसीले जनाएको छ।
नभाल्नीको जेलमा भएको मृत्युपछि संयुक्त राष्ट्रसंघ र विश्वका प्रमुख शक्ति राष्ट्रका नेताहरूले घटनाको छानबिन गर्न आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले ‘हिरासतमा भएको भनिएको नभाल्नीको मृत्युको परिस्थितिबारे पूर्ण विश्वसनीय तथा पारदर्शी छानबिन’ हुनुपर्ने माग गरेका छन्।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले घटनाका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको दावी गर्दै यसको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। नभाल्नीको मृत्युको घोषणापछि ह्वाइट हाउसमा बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडनले आफूलाई उक्त घटनाले ‘अचम्भित र आक्रोशित’ तुल्याएको बताएका छन्।
जर्मनीका चान्सलर ओलाफ स्कोल्जले नाभाल्नीको मृत्यु रुसी जनताका लागि ‘ठूलो त्रासदी’ भएको बताएका छन्। बेलायतको विदेश मन्त्रालयले नाभाल्नीको मृत्युका लागि रुसी अधिकारीलाई पूर्ण रूपमा जिम्मेवार हुनुपर्ने जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
