आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले संयोजकमा चन्दलाई तोकेको हो।
काठमाडाैँ– समाजवादी मोर्चाले समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'लाई तोकेको छ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले संयोजकमा चन्दलाई तोकेको हो। बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले बताए। उनले बैठकमा समसायिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षासमेत भएको बताए।
"समसामयिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भयो। साथै मोर्चा जति गतिशील र प्रभावकारी बनाउनुपर्ने हो, त्यो हुन सकिरहेको छैन। आगामी दिनमा अझ शक्तिशाली र प्रभावकारी रूपमा अघि बढाउनपर्छ भन्नेकुरा भएको छ," उनले भने। बैठकमा कार्यक्रमका योजनाहरू बनाएर जनपरिचालन लगायतका कार्यक्रम गर्ने सहमति पनि भएको छ।
यसअघि मोर्चाको नेतृत्व नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गरेका थिए। गुरुङका अनुसार मोर्चा अहिले ५८ जिल्लामा विस्तार भइसकेको छ। माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका शीर्ष नेताहरूले गत असार ४ मा समाजवादी मोर्चा घोषणा गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
