बालकुमारी घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मन्त्री ज्वालाको कमजोरीले घटना भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।
काठमाडाैँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष माग गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सभापति रवि लामिछानेले बालकुमारी घटनामा दोषी ठहर मन्त्री ज्वालालाई कारबाही गर्ने कि नगर्ने भनि प्रधानमन्त्री दाहललाई प्रश्न गरेका छन्। उनले आजकै बैठकमा प्रधानमन्त्री दाहालले त्यस प्रश्नको जवाफ दिनुपर्ने मागसमेत गरे। सभापति लामिछानेले सो घटनामा दोषी करार मन्त्री ज्वालाले नैतिकताको आधारमा राजीनामा नदिएको, प्रधानमन्त्री दाहालले समेत चुइँक्क नबोलेकोमा आपत्ति जनाउँदै अब प्रधानमन्त्रीले सुशासनको भाषण गर्दै हिँड्ने नैतिकतासमेत गुमाएको जिकिर गरे।
यस्तै, सोही बैठकमा बोल्दै नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले बालकुमारीमा प्रहरीको गोली लागेर दुई जना युवाहरूको निधन भएको घटनामा मन्त्री ज्वालाको कमजोरी देखिएको भन्दै उनको बर्खास्तीको माग गरेका छन्। उनले सरकारले गठन गरेको छानबिन समितिले मन्त्रीको कमजोरी औँल्याएको भन्दै मन्त्रीलाई अविलम्ब बर्खास्त गर्नुपर्ने बताए। उनले सिपाहीलाई कारबाही गरेर मन्त्रीलाई उन्मुक्ति नदिन सरकारलाई चेतावनीसमेत दिए।
गत पुष १३ गते कोरियन भाषा परीक्षा दिने युवाहरू र प्रहरीबीच बालकुमारीमा भएको झडपमा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको थियो। उक्त घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले मन्त्री ज्वालाको कमजोरीले घटना भएको निष्कर्षसहितको प्रतिवेदन शुक्रबार सरकारलाई बुझाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
