उत्तर बंगाल वाइल्ड एनिमल पार्कमा भाले सिंहको नाम अकबर र पोथी सिंहको नाम सीता राखिएको छ। जसलाई लिएर विश्व हिन्दू परिषद् अदातसम्म पुगेको छ।
भारतको चिडियाखानामा दुई सिंहको नामलाई लिएर उच्च अदालतमा मुद्दा दर्ता भएको छ। विश्व हिन्दू परिषद् (वीएचपी)ले जलपाईगुडी जिल्लाको कोलकाता उच्च न्यायालयको सर्किट बेन्चमा मुद्दा दर्ता गरेको हो। उत्तर बंगाल वाइल्ड एनिमल पार्क, सिलगढीमा भाले सिंहको नाम अकबर र पोथी सिंहको नाम सीता राखेको विषयलाई लिएर अदालतमा रिट निवेदन दर्ता गरिएको हो।
इन्डियन एक्सप्रेसका अनुसार, वीएचपीले आफ्नो रिट निवेदनमा यस्तो नाम राख्नु बेतुक र तर्कहीन भएको बताएको छ। यो नामले भगवानलाई निन्दा गरेको वीएचपीको तर्क छ। उक्त रिटमाथि न्यायाधीश सौगात भट्टाचार्यको इजलासमा फेब्रुअरी २० मा सुनुवाइ हुने भएको छ।
जनावर आदानप्रदान कार्यक्रमअन्तर्गत फेब्रुअरी १२ मा त्रिपुराको सिपाहिजाला चिडियाखानाबाट ८ जनावर सिलगढीको एनिमल पार्कमा ल्याइएको थियो। जसमा अकबर र सीता नामक सिंह पनि थिए। वीएचपीले दायर गरेको रिटमा भनिएको छ, "जनावरको आदानप्रदानपछि सिलगढी एनिमल पार्कले सिंहको नाम सीता र सिंहलाई अकबर राखेको छ। यसो गरेर उनीहरूले सनातन धर्मसँग सम्बन्धित धार्मिक भावनामा चोट पुर्याएको छ।"
यस विषयमा संगठनका प्रतिनिधिहरूले वन विभागका अधिकारीहरूलाई पटकपटक भेटेर विरोध जनाएका पनि वीएचपीले जनाएको छ। वीएचपीले सिंह र सिंहको नाम परिवर्तन गर्न अदालतलाई अनुरोध गरेको छ र यी नाम दिनेहरूलाई कारबाही गर्न पनि माग गरेको छ।
पश्चिम बंगालका वनमन्त्री वीरबाह हंसदाले वीएचपीले ‘सस्तो राजनीति’ अभ्यास गरिरहेको बताए। उनले भने, "त्रिपुरा चिडियाखानाबाट ल्याइएका जनावरहरूको नाम हामीले राखेका छैनौँ। हामीले यी नामहरू राखेका छौँ भन्नु गलत हो। मुख्यमन्त्रीले औपचारिक रूपमा यी जनावरहरूको नाम राख्नेछन् यी जनावरहरू त्रिपुरा चिडियाखानाबाट आएका हुन्, सम्भवतः उनीहरूलाई उतै ती नाम दिइएको हुनसक्छ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
