मेलम्ची खानेपानी आयोजना अनियमिततामा शर्मा, ठाकुर र उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र गजेन्द्रकुमार ठाकुर २ विदेशी परामर्शदाता र विदेशी निर्माण व्यवसायीसहित १८ जनालाई विपक्षी बनाएर फरक-फरक बिगो माग गर्दै आरोपपत्र दायर गरिएको जनाएको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै १८ जनालाई विपक्षी बनाएर आरोपपत्र दर्ता गरेको छ।

आयोगले मेलम्ची खानेपानी विकास समितिबाट तत्कालीन समयमा भएको अनियमितता सम्बन्धमा अनुसन्धान पूरा गरी आइतबार विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो।

विशेष अदालतका प्रवक्ता एवं सूचना अधिकारी धनबहादुर कार्कीले मेलम्ची खानेपानी विकास समितिबाट तत्कालीन समयमा भएको अनियमितता सम्बन्धमा आरोपपत्र दायर भएको बताए। उनले जसमा तीन जना मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्ष र खानेपानी मन्त्रालयका तत्कालीन सचिव रहेको बताए।

उनका अनुसार डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र गजेन्द्रकुमार ठाकुर, दुई विदेशी परामर्शदाता र विदेशी निर्माण व्यवसायीसहित जम्मा १८ जनालाई विपक्षी बनाएर फरक-फरक बिगोको मागदाबी गरिएको हो। 

“डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र गजेन्द्रकुमार ठाकुर तीन जना पूर्वसचिवसहित दुई जना विदेशी परामर्शदाता र एक जना निर्माण व्यवसायी विदेशीसहित जम्मा १८ जनालाई विपक्षी बनाएर विभिन्न फरक–फरक व्यक्तिलाई फरक–फरक बिगोको मागदाबी लिएर आरोपपत्र दर्ता भएको हो,” उनले भने।

उनले पूर्वसचिव डा. सञ्जय शर्मा र अर्थ मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद पौडेलको हकमा छुट्टै बिगो मागदाबी गरिएको बताए। उनीहरूको हकमा ६ करोड ९७ लाख ८३ हजार १७८ रुपैयाँ ९६ पैसा बिगो मागदाबी गरिएको छ।

त्यस्तै, मेलम्ची खानेपानीका तत्कालीन अध्यक्ष/खानेपानीसचिव भीमप्रसाद उपाध्यायको हकमा ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ ८२ पैसा बिगो मागदाबी गरिएको उनले बताए।

उनले खानेपानी बोर्डका तत्कालीन सदस्य, निर्माण व्यवसायी र परामर्शदातासहितलाई विपक्षी बनाएर फरक–फरक मागदाबी लिएर आरोपपत्र दर्ता भएको बताए।


सि.नं

नामथर

कार्यालय

बिगो रु.

कसुर तथा सजायको मागदाबी

१.    

तत्कालीन बोर्ड अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. सञ्जय शर्मा र अर्थ मन्त्रालयका तत्कालीन सह-सचिव तथा तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्ष र सदस्य

जनही रु.६,९७,८३,१७८।९६

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३(१) र ३(१)(झ) बमोजिम कैद र जरिबाना गरी दफा १७ बमोजिम बिगो असुल हुन एवं निज डा. सञ्जय शर्मा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष तथा नेपाल सरकारको विशिष्ट श्रेणीका सचिव पदमा रही उक्त कसुरमा संलग्न रहेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन समेत मागदाबी लिइएको छ।

२.    

मेलम्ची खानेपानी विकास समितिको बोर्डको तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव भीमप्रसाद उपाध्याय

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्ष

रु.४,११,३४,२७९।९२

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३(१) र ३(१)(झ) बमोजिम कैद र जरिबाना गरी दफा १७ बमोजिम बिगो असुल हुन एवं निज भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष तथा नेपाल सरकारको विशिष्ट श्रेणीका सचिव पदमा रही उक्त कसुरमा संलग्न रहेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन समेत मागदाबी लिइएको छ।

३.    

मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्ष

रु.६०,४९,१९,८८४।३१

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३(१) र ३(१)(झ) बमोजिम कैद र जरिबाना गरी  दफा १७ बमोजिम बिगो असुल हुन एवं निज भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष तथा नेपाल सरकारको विशिष्ट श्रेणीका सचिव पदमा रही उक्त कसुरमा संलग्न रहेका देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन समेत मागदाबी लिइएको छ।

४.    

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्र सिंह तामाङ

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य

रु.११,०९,१७,४५८।८८

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३(१) र ३(१)(झ) बमोजिम कैद र जरिबाना गरी दफा १७ बमोजिम बिगो असुल हुन समेतको मागदाबी लिइएको छ।

५.    

मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य चन्द्र बहादुर थापा

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य

रु.७१,५८,३७,६४३।१९

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३(१) र ३(१)(झ) बमोजिम कैद र जरिबाना गरी दफा १७ बमोजिम बिगो असुल हुन समेतको मागदाबी लिइएको छ।

६.    

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराई

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक

रु.२२,७५,१९,८९६।१९

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३(१) र ३(१) (झ) बमोजिम कैद र जरिबाना गरी दफा १७ बमोजिम बिगो असुल हुन एवं निज भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम मेलम्ची खानेपानी विकास समितिका सदस्य-सचिव तथा महाप्रबन्धक सरह कार्यकारी निर्देशक पदमा रही उक्त कसुरमा संलग्न रहेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन समेत मागदाबी लिइएको छ।

७.    

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक राम चन्द्र देवकोटा

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक

रू.३२,३५,६१,६६३।९५

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३(१) र ३(१)(झ) बमोजिम कैद र जरिबाना गरी दफा १७ बमोजिम बिगो असुल हुन एवं निज भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम मेलम्ची खानेपानी विकास समितिका सदस्य-सचिव तथा महाप्रबन्धक सरह कार्यकारी निर्देशक पदमा रही उक्त कसुरमा संलग्न रहेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन समेत मागदाबी लिइएको छ।

८.    

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक सूर्य राज कँडेल

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक

रू.८९,०८,९८,२८५।०५

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३(१) र ३(१)(झ) बमोजिम कैद र जरिबाना गरी दफा १७ बमोजिम बिगो असुल हुन एवं निज भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम मेलम्ची खानेपानी विकास समितिका सदस्य-सचिव तथा महाप्रबन्धक सरह कार्यकारी निर्देशक पदमा रही उक्त कसुरमा संलग्न रहेको देखिँदा ऐ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन समेत मागदाबी लिइएको छ।

९.    

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन उपसचिव (लेखा) मणिभद्र न्यौपाने

मेलम्ची खानेपानी विकास समिति

रू.३२,३५,६१,६६३।९५

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३(१) र ३(१)(झ) बमोजिम कैद र जरिबाना गरी दफा १७ बमोजिम बिगो असुल हुन समेतको मागदाबी लिइएको छ।

१०.  

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन लेखा अधिकृत रामचन्द्र न्यौपाने

मेलम्ची खानेपानी विकास समिति

रू.३२,३५,६१,६६३।९५

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३(१) र ३(१)(झ) बमोजिम कैद र जरिबाना गरी दफा १७ बमोजिम बिगो असुल हुन समेतको मागदाबी लिइएको छ।

११.  

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन उपसचिव (लेखा) बेगनाथ पौडेल

मेलम्ची खानेपानी विकास समिति

रू.३२,३५,६१,६६३।95

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३(१) र ३(१)(झ) बमोजिम कैद र जरिबाना गरी दफा १७ बमोजिम बिगो असुल हुन समेतको मागदाबी लिइएको छ।

१२.  

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन उपसचिव (लेखा) केदारप्रसाद अर्याल

मेलम्ची खानेपानी विकास समिति

रू.४४,७३,७३,०७२।८३

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३(१) र ३(१)(झ) बमोजिम कैद र जरिबाना गरी दफा १७ बमोजिम बिगो असुल हुन समेतको मागदाबी लिइएको छ।

१३.  

समितिका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर तथा उप-कार्यकारी निर्देशक (निर्माणस्थल) भोजविक्रम थापा

मेलम्ची खानेपानी विकास समिति

रू.३२,३५,६१,६६३।९५

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३(१) र ३(१) (झ) बमोजिम कैद र जरिबाना गरी दफा १७ बमोजिम बिगो असुल हुन समेतको मागदाबी लिइएको छ।

१४.  

परामर्शदाता Eptisa - BETS  J/V को तत्कालीन डिपुट टिम लिडर शिव कुमार शर्मा

मेलम्ची खानेपानी विकास समिति

रू.४८,३६,०७,५८०।८१

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरको मतियार भई सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको कसुर गरेको हुँदा सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारलाई हुने सरह नै सजाय हुन समेतको मागदाबी लिइएको छ।

१५.  

परामर्शदाता Eptisa Services De Ingenieris S.L. र BETS Consulting Services Ltd. जे.भी.

मेलम्ची खानेपानी विकास समिति

रू.८७,५८,८३,३६०।०५

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरको मतियार भई सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको कसुर गरेको हुँदा सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारलाई हुने सरह नै जरिबाना तथा बिगो असुली हुन समेतको मागदाबी लिइएको छ।

१६.  

निर्माण व्यवसायी CMC di Ravena

मेलम्ची खानेपानी विकास समिति

रु.६५,१४,५७,४१०।८७

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरको मतियार भई सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिमको कसुर गरेको हुँदा सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदारलाई हुने सरह नै जरिबाना तथा बिगो असुली हुन समेतको मागदाबी लिइएको छ।