मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत लिएका छन्।
काठमाडौँ– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत लिएका छन्। उनले यसअघि दुई पटक प्रदेशसभाबाट विश्वास मत लिइसकेका छन्।
आइतबार प्रदेशसभाको बैठकमा भएको मत विभाजनमा मुख्यमन्त्री यादवले ६९ सदस्यको मत पाए। ३५ जनाले विपक्षमा मतदान गरे। १०७ सदस्यीय रहेको प्रदेशसभा आइतबार भएको मतदानमा १०४ जना उपस्थित थिए। बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ।
जसपाका मुख्यमन्त्री यादवलाई सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिए। एमाले र जनमतका सांसदले भने विपक्षमा मतदान गरेका हुन्।
गत माघ ९ गते जनमतका दुई मन्त्रीले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिँदै राजीनामा दिएका थिए। त्यसपछि यादवले प्रदेशसभाबाट विश्वासको मत लिनुपरेको हो। कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए पुनः ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
